रुखले छेक्दा ठूलो मानवीय क्षती हुनबाट जोगियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
छलफल गर्न गएको बौद्धमार्गीहरुको बस दुर्घटना
भक्तपुर , फागुन २ – महामञ्जुश्री नगरकोट नगरपालीको सरस्वती स्थान पुगेर शनिबारको पिकनीक गर्न, बिदा मनाउन र एक आफसमा छलफल गर्न गएको बौद्धमागीहरु चढेको बस दुर्घटना भएको छ ।
३४ जना यात्रु सवार बस नगरपालीको वडा नंं ५ को जितुपरको घुम्तीमा शनीबार दिउसो २ बजे तिर सडक बाट ५० फिट तल खसेको छ ।
काठमाडौको रविभवनमा रहेको नेपाल सोकागाकाई इन्टरनेशनल नेपाल (पिस सेन्टर ) नामक बुद्धिष्ट संस्थाले भाडामा ल्याएको कालीमाटीको जिलेट उच्च माविको बस दुर्घटनाग्रस्त हुँदा संस्थाका केहि सदस्यहरु सख्त घाईते भएका छन् ।
नगरकोट जाने बैकल्पिक मार्गको रुपमा केहि वर्ष यता सञ्चालनमा आएको उक्त सडक ओरालो र धेरै घुम्ती रहेको छ । बसका चालक श्याम कुमार थिङले कारलाई साईट दिदाँ घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् ।
सडक बाट ५० फिट तल खसेको बस भिरमा रहेको उत्तीस र चिलानेको रुखले छेकेर रोकिएको अवस्था रहेको छ ।
यदि रुख नभएको भए बस माथी नअडिने अवस्थामा रहेको दुर्घटना स्थलमा रहेका प्रहरी निरीक्षक हर्क रावलले बताएका छन् ।
दुर्घटनामा परि गम्भिर घाईते हुनेमा रजनी शाक्य, जनिशा श्रेष्ठ र पे्रमतारा शाक्य रहेको प्रहरी जानकारी दिएको छ । रजनीको भने टाउकोमा गहिरो चोट लागेको छ । अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ ।
घाईतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको र सामान्य घाईते भने उपचार पछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

###
0 comments
Write Down Your Responses