आक्रमणकारी जीवनले भने, ‘एसिड हानेपछि सबैभन्दा आनन्द आयो’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अझै दुई जनालाई सिद्ध्याउन चाहन्थे जीवन
काठमाडौं, चैत ६ – वसन्तपुरमा ट्युसन पढिरहेकी दुई छात्रामाथी गत फागुन १० गते भएको एसीड आक्रमणको घटनाले उतिबेलै प्रहरी प्रशासन चौतर्फी आलोचनाको घेरामा परेको थियो । शुक्रबार प्रहरीले आक्रमणकारी जीवन विकलाई पक्राउ पछि सार्वजनिक ग¥यो । पक्राउ परेका जीवनले बदलाको भावनामा आक्रमण गरेको महानगरीय प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले पत्रकार सम्मेलनको क्रममा जानकारी दिए । उनलाई प्रहरी टोलीले उनी बसीरहेको टोखास्थित डेराबाट बिहिबार राती ११ बजे पक्राउ गरेको थियो ।
 यस कारण गरे आक्रमण
रामेछापको फुलासी ८ स्थायी घर भएका जीवनको परिवार र पिडित संगिता मगरको परिवार ०६९ जेठदेखि बसन्तपुर नजिकै झोंछेको एउटै घरमा डेरामा बस्दै आएका थिए । सोहि क्रममा उनले संगितालाई ट्युसन पढाउने गरेका थिए । ट्युसनकै क्रममा उनीहरु एक आपसमा नजिकिएका थिए । पक्राउ परेका जीवन र संगिता बीचको सम्बन्धबारे उनको भाइ सन्तोषले थाहा पाएपछि विवाद बढेको थियो ।
एक वर्षपछि जीवन र संगिताबीच मनमुटाव भएपछि सम्बन्धले दुस्मनीको रुप लिएको थियो । ०७० मंसीर महिनामा संगिताका भाइ सन्तोष मगरले गाँजा खाएर घरमा आएको भन्दै जीवनले हप्काएका थिए । उनले सन्तोषलाई गाँजा किन खाएको भनि हप्काउँदा सन्तोषले जीवनको घाँटीमा समाएका थिए । सोहि क्रममा जीवनको परिवारलाई संगिताको परिवारले दुव्र्यवहार गरेको थियो । संगिताले उनको परिवारलाई हातपात गरेपछि जीवनले बदलाको भावना लिएका थिए । ‘संगिताको आमा र संगिता स्वयमले जीवनलाई दुव्र्यवहार गर्ने गरेपछि उनले संगिताको सौन्दर्यलाई कुरुप तुल्याउने उद्देश्य राखेका थिए ।’ आयुक्त शर्माले पत्रकार सम्मेलनको क्रममा भने ।
जीवनले घटना घटाउने उद्देश्यले गत जेठ मै पुरानो बसपार्कस्थित एक गेष्ट हाउसमा बसेर संगिता र सन्तोष मगरलाई आक्रमण गर्ने उद्देश्यले एसीड संकलन गरेका थिए ।
०७१ असोज महिनामा उनले संकलन गरेको एसीड बोतलमा सार्ने क्रममा नष्ट भएको थियो । दोस्रो पटक पनि उनले न्युरोडको ब्याट्रि पसलबाट एसीड किनेका थिए । उनले सजिलोको लागि हर्लिक्सको बोतलमा एसीड राखेका थिए । उनले पटक–पटक संगिताको परिवारलाई एसीड प्रहार गर्ने प्रयास गरेका थिए । यद्यपी जीवनको मिसन सफल बनेको थिएन । टोखामा बस्दै आएका जीवन, संगिता र उनको भाईको पिछा गर्दै नियमित रुपमा बसन्तपुर एरिया आउने गरेका थिए ।

फागुन १० गते यसरी भएको थियो घटना
गत फागुन १० गते जीवन बिहान ५ बजे झोलामा एसिड बोकी टोखाबाट माईक्रोबस चढेका थिए । संगिताको खोजीमा हिँडेका उनी बसन्तपुर हुँदै उनी बस्ने घरतर्फ गएका थिए । घर बाहिर कसैलाई नदेखेपछि पुनः उनी बसन्तपुर डबलीतर्फ फर्केका थिए । जीवनलाई संगिता ट्युसन पढ्न जाने थाहा थियो तर ट्युसन सेन्टरबारे थाहा पाएका थिएनन् ।
ट्युसन सेन्टरको खोजी गर्दै संगिताको घर तर्फ जाँदै गर्दा उनले ‘ए प्लस ट्युसन सेन्टर’ मा बत्ति बलेको देखेपछि त्यता बढेका थिए । त्यतिबेलै उनले संगिता मगर र हेमु मुखर्जीलाई देखेपछि एसीड छ्याप्न प्रयास गर्दै गर्दा कक्षा बाहिरबाट सिमा बस्नेत प्रवेश गरेपछि केहि समय बाहिर रोकिएका थिए । केहि समय पश्चात् उनले संगिता मगर बसिरहेको अवस्थामा मुखमा पर्ने गरी हर्लिक्सको बोतलमा रहेको करिब ५०० मिलिलिटर एसिड प्रहार गरेका थिए । एसीड प्रहार पछि जीवन हर्लिक्सको बोतल फालेर ठमेलबाट टोखाको माइक्रो चढेका थिए । घटना भएको भोलीपल्ट बिहान आफ्नै भाइले संगितामाथी भएको आक्रमणबारे फेसबुकमा प्रश्न गर्दा उनले आफूलाई थाहा नभएको रिप्लाइ दिएका थिए । आफूले गरेको आक्रमणको समाचार पत्रपत्रिकमा आउँदा जीवन चकित बनेका थिए । उनले आक्रमणबारे प्रकाशित सबै पत्रिका संकलन गरि राखेका थिए । शर्माका अनुसार जीवनले प्रहरीसँगको बयानका क्रममा आफूले भारतीय सामाचार च्यानल हेरेपछि घटना ठूलो रहेछ भन्ने थाहा पाएको बताएका थिए ।
Acid Attack (5)
‘घटनापछि मलाई खुसी लागेको छ । जीवनको बयानलाई उदृत गर्दै शर्माले भने ‘अझै दुई जनालाई सिद्ध्याएपछि पक्राउ पर्न चाहन्थेँ ।’
घटना भएको १० दिनपछि जीवन भारतको सिक्किमको रानीपुलमा गई करिब ८ दिन त्यहाँ बसेका थिए । गत फागुन २९ गते उनी नेपाल फर्किएका थिए । भारतीय सेनामा भर्ना हुनका लागि सिक्किम हिँडेका उनी भर्ना छनौट नभएपश्चात् जेठमा सिक्किमबाट फर्किएका थिए । उनी नेपाल आएको बारे उनको परिवारलाई कुनै पनि जानकारी नभएको प्रहरीको भनाई छ ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z