दार्जीलिङमा पन्ध्र वर्षपछि पञ्चायत चुनावको तयारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दार्जीलिङ : नेपाली भाषीहरुको बाहुल्यता रहेको दार्जीलिङ पहाडमा पन्ध्र वर्षपछि गाउँ पञ्चायतको चुनावका लागि छलफल शुरु भएको छ ।
पहाडका ग्रामीण भेगको विकासका लागि प्रारम्भीक इकाइ पञ्चायतमा नेतृत्व नहुँदा ग्रामीण विकास प्रभावित भएको चर्चा भइरहेको अवस्थामा चुनावका लागि छलफल शुरु भएको हो ।
पछिल्लो पटक सन् २००० यता गोर्खाल्याण्डमा चुनाव हुन सकेको छैन । सरकारले चुनावको घोषणा गरेपनि छैटौँ अनुसूचीको माग गरिरहेका सुवास घिसिङले स्थानीय निकायको निर्वाचन गर्न अस्विकार गरेपछि सन् २००५ मा चुनाव रोकिएको थियो ।
त्यसपछि चर्केको गोर्खाल्याण्ड आन्दोलनले चुनाव हुन सकेको थिएन । गोर्खाल्याण्डको माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चासँग गोर्खाल्याण्ड टेरिटोरीयल एडमिनिष्ट्रेसन (जिटिए) को सम्झौतामा पनि तीनतहको पञ्चायत स्विकारेको भन्दै मोर्चाले लामो समयदेखि चुनावको माग गर्दै आएको थियो ।
केन्द्रीय गृहमन्त्रालयका केन्द्र र राज्य विषयक विभागका अतिरिक्त सचिव अनन्तकुमार सिंह र राज्यका गृहसचिव वासुदेववीच पछिल्लो पटक गोर्खाल्याण्डमा स्थानीय चुनावबारे छलफल भएपछि चुनावको तयारी गर्न केन्द्रिय सरकार सक्रिय बनेको मोर्चाले प्रतिक्रिया दिएको छ ।
मोर्चाले यसअघि मुख्यमन्त्री ममता बेनर्जीसँग दार्जिलिङमा भएको बैठकमा पनि पञ्चायत चुनाव गराउनुपर्ने विषयमा कुरा उठाएको थियो ।
मोर्चाका अध्यक्ष विमल गुरुङको नेतृत्वमा दिल्ली पुगेको प्रतिनिधिमण्डलले पनि स्थानीय विकासको मेरुदण्डको रुपमा रहेको पञ्चायत चुनाव तत्काल गराउन मोदी सरकारलाई आग्रह गरेको थियो । मोर्चाले जिटिएको अधीनमा रहेको तीनतहको पञ्चायत व्यवस्थाको माग गर्दै आएकोे छ ।

###
0 comments
Write Down Your Responses