ग्राहकको एटिएमबाट बैंक कर्मचारीले १२ लाख झिके
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : राजधानीको ठमेलस्थित हिमालयन बैंकको ग्राहक सेवामा कार्यरत कर्मचारी गिरीराज देवकोटाले सेवाग्राहीकै एटिएम कार्डबाट पैसा निकालेर ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले गत बुधबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार दैलेख नारायण नगरपालिकाका डा. रविन खड्काको एटिएमबाट उनले दुई पटक गरि १२ लाख रूपैंया निकालेको आरोप छ।


हिमालयन बैंक चितवनको टाँडी शाखामा रहेको बचत खाता नम्बर ००७०२१०३९४००१४ रहेका खड्काले एटिएम कार्डको म्याद सकिएपछि ठमेल शाखामा २०६९ फागुन २२ गते निवेदन दिएका थिए। तर, त्यहा ढिलो हुने भन्दै खड्काले पुन २०६९ चैत १ गते केन्द्रीय कार्यालय कमलादीस्थित एटीएम कार्ड सेन्टरमा निवेदन दिएका थिए।

काड सेन्टरबाट खड्काले ४१०१४९००७२८१९२३१ नम्बरको एटिएम कार्ड पाईसकेका थिए तर ठमेल शाखाबाट कार्ड सेन्टरमा गएको निवेदनपछि पुन अर्को कार्ड स्वीकृति भएर ठमेलमै अर्को ४१०१४९००७२८९५३२२नम्बरको पुगेको थियो। घटना २०६९ फागुन २२ गते भएपनि प्रहरीले बुधबारमात्रै देवकोटालाई पक्राउ गरेको छ।

डा. खड्काले कार्ड सेन्टरबाट एटिएम बुझेपछि ठमेलमा दिएको निवेदनबारे वास्ता गरेका थिएनन्। फलस्वरुप: त्यसैको फाईदा उठाउँदै ठमेलस्थित बैंक शाखाका कर्मचारी देवकोटाले खड्कालाई कार्ड नियतबस फिर्ता नगरी पैसा निकालेको महाशाखाका डिएसपी वसन्त रजौरेले अन्‍नपूर्णलाई बताए।

उनले भने,'देवकोटाको ठगी मनसाय प्रष्ट देखिन्छ, उनले खड्कालाई कार्ड बुझाएका पनि छैनन् र पैसा निकालेको देखिन्छ, थप अनुसन्धान जारी छ।'

रजौरेका अनुसार देवकोटाले खड्कालाई कार्ड नबुझाई २०७० जेठ र असारमा एटिएम कार्ड पुन: रिएक्टिभेट गरेर ६/६ लाख गरी १२ लाख निकालेको अनुसन्धानबाट खुलेको छ।

देवकोटामाथि बैंकिङ कसुर ऐन अन्तर्गत कारबाही गर्न महाशाखाले हनुमानढोका परिसरमा उजूरी गरेको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z