एसएलसी दिएका विद्यार्थीलाई नेपाल टेलिकमको अफर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल टेलिकमले २०७१ सालको एसएलसी परीक्षामा सहभागी भएका
विद्यार्थीहरुलाई सहुलियत दरमा सिमकार्ड बिक्री वितरण गर्न थालेको छ।
चैत १३ देखि सुरू भएको योजनामा सिमकार्ड खरिद गर्न विद्यार्थीहरुले रु.१००।– भुक्तानी गरेपछि रु.१००। बराबरको टक भ्याल्यु र १०० मेगावाइट बराबरको डाटा सेवा समेत पाइने नेपाल टेलिकमले जनाएको छ।
मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै मोबाइल सेवामार्फत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले युवा तथा विद्यार्थी वर्गलाई लक्षित गरी सहुलियत दरमा सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
यो सहुलियत योजनामा सिम कार्ड लिन विद्यार्थीले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि विद्यार्थी स्वयं वा निजको अभिभावकको नागरिकताको प्रतिलिपी तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ।
यो योजना चैत १३ देखि नेपाल टेलिकमका देश भरका शाखा कार्यालयमा उपलब्ध हुने टेलिकमले जनाएको छ।योजना २०७१ चैत्र मसान्तसम्म कायम हुने छ।

###
0 comments
Write Down Your Responses