भारतले बंगलादेशलार्इ षड्यन्त्रपूर्वक हराएको आरोप
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बंगलादेशी क्रिकेट प्रेमीले दिए पाँच कारण
एजेन्सी : विश्वकप क्रिकेट अन्तर्गत गत बिहीबार भएको विश्वकपको क्वाटर फाइनल खेलमा भारतले बंगलादेशलार्इ षड्यन्तत्रपूर्वक हराएको गम्भीर आरोप लागेको छ । पाकिस्तानी अम्पायर अलिम दरको मद्दतमा भारतले बंगलादेशलार्इ जालझेलपूर्वक हराएको आरोप आर्इसिसीकै अध्यक्षले समेत लगाएका हुन् ।

भारतले बंगलादेशलार्इ हराएर सेमिफाइनलमा प्रवेश गरेपछि बंगलादेशका क्रिकेट प्रेमी र आईसीसीका अध्यक्ष मुस्तफा आलमले समेत भारतको जितमा गम्भीर प्रश्न खडा गरिदिएका छन् ।

मुस्तफा आलमले भारतको जितलार्इ षड्यन्त्रको हिस्सा भएको बताउँदै गभ्मीर प्रश्न उठाएक हुन् । बंगलादेशविरुद्द भारतको जितमा अम्पायरले १२ वटा गलत निर्णय दिएपछि भारतले जित निकालेकोसमेत आरोप लगाएका छन् ।

यी निर्णयमा षड्यन्त्रको आरोप

१. शिखर धवनको शंकास्पद नट आउट : भारतको पारीको १६ औं ओभरमा रूबेल हसनले शिखर धनवलार्इ बाउन्सर बल फ्याँके । यो बल पुल गर्ने प्रयासमा शिखरले ब्याटलार्इ घुमाए । तर उनले यो बाउन्सरलार्इ प्रहार गर्न असफल रहे ।

यस क्रममा स्टम्प्समा लागेको आवाज माइकमा रेकर्ड भयो । त्यसमा प्रतिक्रिया जनाउँदै  बंगलादेश टिमले आफ्नो एकमात्र रिभ्यु लियो । तर थर्ड-अम्पायरले यसलार्इ इन्कार गर्दै बलले लागेको कुनै कुरा नदेखिएको बतायो । यो निर्णयलार्इ लिएर केही क्रिकेट समर्थकले पनि विरोध जनाएका थिए ।

२. रोहित शर्माको नो बलमा क्याच : विष्फोटक पारी खेल्दै सतक बनाएका रोहित शर्मालार्इ बंगलादेशका बलर रूबेलले भारतको पारीको ४० औं ओभरमा एक फुल टस बल फ्याँके । जसलार्इ रोहितले मिड विकेट तर्फ हाने । त्यो बल सिधै  डिपमा उभिएका खेलाडीको हातमा पुग्यो ।

त्यसपछि बंगलादेशका खेलाडी यो क्याचको खुसियाली मनाउन थाले । तर अम्पायर इयान गाउल्डले यो बललार्इ नो बल दिए । तर रिप्लेमा हेर्दा अम्पायरको यो फैसलामा प्रश्न उठाउने गतिलो ठाउँ थिइो । यो बेला रोहित ९० को स्कोरमा ब्याटिङ गरिरहेका थिए ।

३. तमिम इकबालको विकेट : बंगलादेशलार्इ गतिलो शुरूआत दिलाउने तमिमलार्इ बंगलादेशको पारीको सातौं ओभरमा  उमेश यादवले कप्तान महेन्द्रसिंह धोनीको हातबाट क्याच आउट गराए । सो बल तमिमको ब्याटको किनारामा लाग्दै धोनीको हातमा पुगेको थियो ।

तर बंगलादेशी क्रिकेट प्रेमीले यो क्याचबारे पनि प्रश्न उठाएका छन् । किनकि तमिम आउट भएपछि निकै पटक यो क्याचलार्इ टिभी रिप्लेमा देखाइएको थियो ।


४. महमुदुल्लाहको अर्को क्याच : यो विश्वकपमा सतक लगाएका बंगलादेशी ब्याट्सम्यान महमुदुल्लाहलार्इ उसको पारीको १७ औं ओभरमा मोहम्मद सामीले डिपमा उभिएका शिखर धवनको हातबा६ क्याच गराए ।

तर यो क्याचमा पनि टिभी रिप्ले हेरेपछि शिखरको खुट्टाले बाउन्ड्री धेरै नजिक देखियो । थर्ड अम्पायरको सहयोगममा अम्पायरले यसलार्इ पनि क्याच आउटको फैसला दिए । शिखरको खुट्टाले बाउन्ड्री छोएको अवस्थामा यसलार्इ क्याच आउट दिनु सरासर गलत रहेको बंगलादेशी क्रिकेटर र फ्यानको आरोप छ ।

५. कप्तान मुर्तजाको अर्को क्याच : बंगलादेशी पारीको ४४ औं ओभरमा कप्तान मुर्तजा मोहित शर्माको ओभरमा कप्तान धोनीबाट क्याच हुँदै पेभेलियन फर्कै ।

टाढाबाट हेर्दा बलले ब्याटलार्इ छुँदै नछोइ गएको देखियो । तर टिभी रिप्लेमा प्रष्टरुपमा विकेट देखिएको थियो । बलले ब्याटलार्इ नजिकैबाट छुँदै गएको रिप्लेमा देखियो । अम्पायरले यो क्याच आउटमा गरेको निर्णयबारे पनि बंगलादेशी क्रिकेट समर्थक र पदाधिकारीले प्रश्न उठाएका छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z