बेनी हमला घटनामा आधारित फोटो प्रर्दशनी: म्याग्दी F
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेकपा माओवादीले २०६० साल चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण गरेको आज ११ बर्ष पुरा भएको छ । माओवादी जनयुद्धकै चर्चित बेनी आक्रमणका बारेमा दशक वितिसक्दा पनि चर्चा भइरहन्छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा समेत युद्धको क्रममा भएका मानवीय क्षती, शैली र अन्र्तराष्ट्रिय कानुनको उल्लंघन लगाएतका बारेमा विभिन्न प्रतिवदेन सार्वजनिक भइरहेका छन् । बेनी आक्रमण भएकै दिन चैत्र ७ गते म्याग्दीमा पुराना पत्रकार अमर बानियाँले एकल फोटो प्रर्दशनी गनुभएको छ । रेडक्रस सोसाईटी म्याग्दी शाखामा गरिएको प्रर्दशनीको द्धन्द्धपिडित कृष्णलाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
आक्रमण पछि भएको मानवीय, भौतिक क्षती, स्थानीयको जनजिविका सम्बन्धित लगाएत उद्धारका लागि गरिएको प्रयास लगाएत समेटिएर गरिएको प्रर्दशनीमा जिल्लास्थित राजनीतिक दल, प्रहरी, सेना, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख सर्वसाधारणले अवलोकन गरेका थिए । धेरैले आक्रमणको फोटो हेर्न चाहेकाले आफुँले द्धन्द्धमा जिल्लाले भोगेको गतिविधिलाई सार्वजनिक गर्ने उदेश्यले फोटो प्रर्दशनी गरेको पत्रकार अमर बानियाँले बताउनुभयो । करिव १ लाखको लगानीमा गरिएको फोटो प्रर्दशनीले घटनाको सम्झना दिलाएको बताएका थिए ।
प्रर्दशनीमा माओवादीले युद्धमा प्रयोग गर्ने साम्रागी, बन्दोबस्ती सहित माओवादीका लडाकुको सब लगाएलाई समेत समेटिएको छ । देशका अन्य जिल्लामा भएका माओवादी आक्रमणभन्दा पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरबाट बेनी आक्रमणलाई चासो देखाउनुको कारण राज्य र तत्कालिन विद्रोहीतर्फ भएको मानवीय तथा भौतिक संरचनामा पुगेको क्षतीसँगै दिउँसै माओवादीले गरेको आक्रमणलाई समेत लिने गरिन्छ । यसैविच चैत्र ७ मा ज्यान गुमाएकाको सम्झनामा स्थानीय शान्ति समितिले अन्र्तरक्रिया तथा शान्ति पदयात्राको आयोजना गरेको छ । पदयात्रापछि रेडक्रस सोसाईटीमा आयोजित कार्यक्रममा बक्ताले आफ्नो धारणा राखेका थिए ।

###
0 comments
Write Down Your Responses