बलात्कारी तह लाउने बन्दुक पुरुषको हातमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
लखनऊ : सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारपछि महिलाका लागि तयार गरिएको हलुको रिभोल्भर पुरुषबीच लोकप्रिय भएको छ ।
निर्भिक नामको यो रिभोल्भर हालसम्म चार सय ५० वटा बिक्री भएका छन् । जसमा केबल २८ वटा मात्र महिलाले खरिद गरेको देखिएको छ ।
उक्त रिभोल्भरको विकास उत्तरी नगर कानपुरमा सरकारी हतियार कारखानामा भएको थियो । दिल्लीमा एक छात्राको सामूहिक बलात्कारपछि मृत्यु भएपछि उक्त रिभोल्भर तयार गरिएको थियो ।
उक्त घटनाले राजधानीमा महिलाको सुरक्षाको विषयमा व्यापक रुपमा आशङ्का गरिएको थियो । यस विषयमा कारखानाका कोही पनि टिप्पणी गर्न तयार देखिएनन् ।
अर्कोतिर महिला अधिकारकर्मीहरुले एक लाख ४० हजार भारतीय रुपैयाँ पर्ने उक्त हतियार भारतका बहुसङ्ख्यक महिलाले खरिद गर्नै नसक्ने जानकारी दिएका छन् ।
अल इन्डिया डेमोक्र्याटिक विमन्स एसोसिएसनका स्थानीय प्रमुख मधु गर्गले यो मूल्यमा महिलाले हतियार किन्ने छन् भनी अपेक्षा गर्नु क्रूर व्यङ्ग्य भएको बताइन् ।
अर्की कार्यकर्ता रेखा वर्माले भारतमा महिलाविरुद्ध हिंसाको समस्याको उत्तर बन्दुक नभएको बताइन् । उनले बलात्कार कानुन तथा व्यवस्थाको समस्या नभएको र महिलाको झोलामा रिभोल्भर राख्दा बलात्कार रोक्न नसकिने बताइन् ।
उनले यसका लागि मानसिकतामा परिवर्तन हुनुपर्ने, कानुन कडा बनाउनुपर्ने र न्याय प्रणालीलाई छिटो बनाइनु पर्ने बताइन्। एजेन्सी

###
0 comments
Write Down Your Responses