सामाजिक बलात्कार: जीवनभर कोतरिइने घाउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– बैतडीकी पूजा जो सामूहिक बलात्कारमा परिन्।
काभ्रेकी पूजा जो आफ्नै बाबु र हजुरबुबाबाट पटक–पटक बलात्कृत भइन्।
बाराकी पूजा जसको बलात्कारपछि हत्या गरियो।
नारी सर्वत्र पुजिनुपर्छ– यस्तो भनाइ छ। यी तीन बालिकाका आमाबाबुले पनि आफ्नी छोरी सर्वत्र पुजियोस् भनेरै ‘पूजा' नाम राखे होलान्। तर, प्रहरी रिपोर्टले भन्छ– दिनहुँ दुई जनाभन्दा बढी ‘पूजा' का अस्मिता लुटिँदैछ नेपालमा। कलिला र अबोध ‘पूजा'हरू यौनहिंसाको सिकार भइरहेका छन्।
र, एकबार होइन, बारम्बार!
पीडकको यौनसिकार बनेपछि उनीहरू बलात्कृत हुन्छन् आफ्नै परिवार, आफ्नै समाजबाट, त्यसपछि प्रहरी अनि कानुनबाट।
बलात्कारको चोट एकचोटि लाग्छ, त्यसको घाउ कोतरिन्छ जिन्दगीभर।
...
उनी लड्खराउँदै घर फर्किइन्।
कपडा माटोले धुलाम्मे थियो, कहीँ भिरबाट खसेजस्तो।
पिडौंला र हात कोतरिएका थिए, काँडाघारीबाट निस्किएजस्तो।
आँखा सुन्निएका थिए, अनुहारमा आँसु कक्रक्क सुकेको थियो, घन्टौं रुवाबासी गरेर भर्खर फर्किएजस्तो।
तिघ्रामा रगतका टाटा आलै थियो, भर्खरै रगतपच्छे भएजस्तो।
आमा अत्तालिइन्। सोधखोज गरिन्। के भो? कसो भो?
जंगलमा घाँसदाउरा गर्न गएकी १० वर्षीया छोरी यस्तो हालतमा घर फिरेपछि आमाको मनमा क्षणभरमै शंकाको हुरी चल्यो। मनमा उठेको शंका छोरीकै मुखबाट सुन्न चाहिन्।
तर, उनी केही बोलिनन्। बोल्नै सकिनन्। खालि रोइरहिन्।
छोरीको मौनताले आमाको हुन्डरी अलि थामियो। उनलाई लाग्यो, त्यस्तो त भएको रै'नछ।
अनि छोरीको तिघ्रामा बगिरहेको रगतलाई मैलो टालोले पुछिदिँदै भनिन्, ‘धन्दा नमान्, केही हुन्न, यो त केटीहरू सप्पैलाई हुने कुरा हो। कसैकसैलाई अलि कम उमेरमै हुन्छ।'
आमालाई लागेछ– छोरी ‘पर सरिन्'।
त्यसैको केही दिनपछि छिमेकको अर्को घरमा ९ वर्षीया छोरी उसैगरी लड्खराउँदै आइन्।
उनका पनि कपडा धुलाम्मे थिए। पिडौंला र हात कोतरिएका थिए। आँखा सुन्निएका थिए। र, गोडाका ठाउँठाउँमा रगतका टाटा थिए।
उनी घर आएर बेस्कन रोइन्। तर, केही बोल्न सकिनन्।
आमालाई लाग्यो– जंगलमा उफ्रिँदै खेल्दा कतै खसिछे, चोट लागेछ।
घटना त्यसै सामसुम भयो।
रौतहटको विपन्न माझी समुदायका परिवारमा केही महिनाअघि भएका घटना हुन् यी।
छेउछाउ बस्ने लगभग उही उमेरका अन्य बालिका पनि बेलाबखत त्यसैगरी रगतपच्छे भएर आउँथे। कसैलाई लाग्थ्यो, छोरीको महिनाबारी सुरु भएछ, कोही छोरी भिरबाट खसेर घाइते भइछे भन्ठान्थे।
घटना माझी समुदायको साँधबाट बाहिरिएन, महिनौंसम्म।
एकदिन अनौठो भयो।
सात वर्षकी बालिका रगतपच्छे भएर घर पुगिन्। उनी लड्खराएकी होइन, हल न चल अवस्थामा थिइन्। चारपाउ टेकेर घर छिरेकी उनी एकैचोटि बङ्लंग भुइँमा पछारिइन्। जीउभरि उस्तै दाग, काँडाघारीमा काँडा बिझेजस्ता।
अनि, तिघ्रा रगतपच्छे।
आमाबाबुको हंशले ठाउँ छाड्यो।
उनको न महिनाबारी हुने उमेर थियो, न त्यो भिरबाट खसेको चोट थियो।
उनी बलात्कृत भएकी थिइन्।
गाउँभरि हल्लीखल्ली भयो। स्थानीय महिला अधिकारकर्मी गीता बस्नेतमार्फत काठमाडौंस्थित रक्षा नेपालकी मेनुका थापासम्म यो कुरा पुग्यो। सबै मिलेर प्रहरी कारबाही अघि बढाए।
छानबिनपछि जे खुल्यो, त्यसले रौतहटको माझी समुदायमा भुइँचालो नै ल्याइदियो। त्यहाँका पाँच बालिका पटक–पटक यौनहिंसाको सिकार बन्दै आएका रहेछन्, त्यो पनि गाउँको एकै व्यक्तिबाट।
‘गाउँमा पसल चलाएर बस्ने ४५ वर्षीय व्यक्तिले बालिकाहरूको गरिबीको फाइदा उठाएर चक्लेट, बिस्कुट वा पैसा दिन्छु भनी ललाइफकाइ बलात्कार गर्दो रहेछ,' रक्षा नेपालकी अध्यक्ष मेनुका भन्छिन्, ‘कसैलाई थाहा दिए आमाबाबुको ज्यान मार्ने धम्की दिँदो रहेछ। त्यही डरले बच्चाहरू बोल्न नसकेका रहेछन्।'
बलात्कृत बालिका ७ देखि १० वर्ष उमेरका थिए। तीमध्ये १० वर्षीयाले प्रहरीसमक्ष बयान दिइन्, ‘चक्लेट, बिस्कुट वा पैसा दिन्छु भनेर फकाउँथ्यो र शरीर चलाउन थाल्थ्यो। दुख्यो भनेर कराउँदा पनि छाड्दैनथ्यो। घरमा भनिस् भने तँलाई मार्दिन्छु भन्थ्यो, कहिले बाबाआमालाई मार्दिन्छु भनेर धम्क्याउँथ्यो।'
घटनाको खुलासापछि अहिले ती व्यक्ति पुर्पक्षका लागि थुनामा छन्।
...
घटना सार्वजनिक भयो, आरोपी समातिए, तर पीडित पक्षको घाउ यत्तिले भरिएन।
झन् बल्भि्कयो, पटक–पटक।
बलात्कारको खुलासापछि केही समय प्रहरी सेवाकेन्द्रमै बिताएका ती पाँच बालिका जब आफ्नै घरसमाजमा फर्के, त्यसपछि उनीहरूमाथि सामाजिक लान्छनाको अर्को बलात्कार सुरु भयो।
उनीहरू गाउँमा निरन्तर ‘कुरा काट्ने' विषय बने। ‘फलानोकी छोरी त बलात्कृत भइछे है' भन्दै खासखुस गर्ने क्रम पँधेरादेखि चियापसलसम्म चल्यो। जो पनि उनीहरूलाई देख्नेबित्तिकै साउती मार्न थालिहाल्थे। स्कुलमा पनि उनीहरूले सुख पाएनन्। हरेक कुरामा त्यही घटनाको प्रसंग जोडेर उनीहरूलाई चिथोर्ने गरियो।
कसैले होच्याए, कसैले गिज्याए। कसैले मायाका नाममा सहानुभूति देखाए त कसैले सहानुभूतिका नाममा संवेदनामाथि नै खेल्न थाले। हुँदाहुँदा कति त यस्ता निस्किए जो बाहिरबाट मुखले सहानुभूति देखाउँदै भित्रभित्र आफ्नो यौनतृष्णा मेट्ने प्रपन्च मिलाउन खोज्थे।
एकदिन स्कुलमा कसैले गिज्याउँदै भनेछ, ‘तँ चोकोफन पाएर फलानोसँग सुतेकी हैन, म डेरीमिल्क दिन्छु, मलाई पनि दिन्छेस्?'
त्यस दिन ती बालिका जति रोइन्, त्यति त बलात्कारकै क्षण पनि रोएकी थिइनन्।
त्यस दिन ती छोरीलाई जति पीडा भयो, त्यति त साँच्चिकै बलात्कार हुँदा पनि भएको थिएन।
पहिले ‘छोरीहरूलाई पुरानो समाजमा बस्न गाह्रो हुनसक्छ' भनेर सम्झाउँदा पनि नमानेका आमाबाबु त्यो घटनापछि आफैं सुरक्षित ठाउँको खोजीमा लागेका छन्। छोरीहरूको उद्धार गर्न तारन्तार फोन गरिरहेको रक्षा नेपालकी मेनुका बताउँछिन्।
‘हामीले त पहिल्यै भनेका थियौं, यहाँ गाह्रो हुनसक्छ भनेर तर आमाबाबुले मानेनन्। हामी पनि यस्तो अवस्थामा घरको माया नै ठूलो हुन्छ भनेर चुप लाग्यौं, अहिले फेरि सम्पर्क गरेर छोरीहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्योा भनेका भन्यै छन्,' मेनुकाले भनिन्, ‘बलात्कृत छोरीहरूलाई हाम्रो घरसमाजले नै शान्तिसँग बस्न दिँदैन, उनीहरूले जिन्दगीभरि दुरवचन सहनुपर्छ।'
‘बलात्कारीले एकचोट दिन्छ, समाजले पाइलैपिच्छे चोट दिइरहन्छ।'
पहिलो चरणमा घरसमाज
पीडकको यौनसिकार बनेपछि आफ्नै घरसमाजबाट लान्छनारूपी बलात्कार सहनुपरेको यो एउटा प्रतिनिधि घटना हो– रौतहटको।
सामान्यतया ९० प्रतिशतभन्दा बढी बलात्कार घटनामा पीडित बालिका वा युवतीको घरसमाज र परिचय फेरिने गरेको रक्षा नेपालकै अध्ययनले देखाएको छ। १२ वर्षदेखि यो क्षेत्रमा काम गरिरहेकी मेनुकाले आजसम्म त्यस्तो घटना देखेकी छैनन् जसमा पीडित पक्षले कुनै पनि किसिमको सामाजिक लान्छनाको सिकार हुनु नपरेको होस्।
‘अधिकांश पीडितलाई घटनापछि एक्लो महसुस हुन्छ, उनीहरूको दुःखमा सहानुभूति देखाउने त प्रशस्तै हुन्छन्, तर साथ दिने कोही हुँदैन,' मेनुका भन्छिन्, ‘उनीहरू त्यसबेला नराम्ररी बिथोलिन्छन्, जब समाजले कुरा काट्दा वा औंला उठाउँदा आफ्नै घरपरिवार उनीहरूको पक्षमा लड्नभिड्न सक्दैन।'
यही कारण हो, अधिकांश बलात्कार घटनामा पीडित पक्षको परिचय र थातथलो नै फेरिन्छ।
यस्तै घटना भयो– काभ्रे, संखुमा।
तीन वर्षअघि त्यहाँ स्कुलकै प्रिन्सिपलबाट एक बालिका बलात्कृत भइन्। आरोपीलाई सजाय पनि भयो। तर, पीडित बालिकाले सन्तोषको सास फेर्न पाइनन्।
घटना खुलासापछि उनलाई आफ्नै बाबु र परिवारका अरू सदस्य टाढिँदै गएको महसुस हुन थाल्यो। पहिले आँखामा राखूँ कि शिरमा सजाऊँ गर्ने बाबुले सानोतिनो कुरामा झर्कोफर्को गर्न थालेपछि बालिका भित्रभित्रै पिल्सिँदै गइन्।
खासमा भएछ के भने, अफिस र वल्लोपल्लो छरछिमेकमा छोरीको घटनालाई लिएर बाबुले धेरै प्रश्न सामना गर्नुपर्दोरहेछ। चियापसलमा जो भेटिए पनि सोध्दोरहेछ, ‘तिम्री छोरीको पनि गल्ती थियो कि!'
चारतिरबाट औंला उठेपछि उनी त्यही झोकमा घर आएर छोरीमाथि पोख्दा रहेछन्।
घरपरिवारकै विश्वासमा चिरा परेको देखेर उनले घटनाको डेढ वर्षपछि आत्महत्या प्रयास गरिन्। ज्यान त जोगियो, तर मानसिक रूपमा उनी अत्यन्त विक्षिप्त भइसकेकी थिइन्। बलात्कारपछिको निरन्तर पीडाले उनी न त्यो घरमा बस्न सक्थिन् जहाँ जन्मी–हुर्किइन्, न त्यो समाजमा बस्न सक्थिन् जहाँ उनलाई चिन्ने आफन्त, छरछिमेक थिए।
आफ्नै घरसमाजबाट अपहेलित भएपछि उनलाई रक्षा नेपालले ‘सेफ हाउस' मा ल्याएर राख्यो। र, शारीरिक तथा मानसिक परामर्श दिन थाल्यो।
‘बलात्कारपछि महिलालाई अत्यधिक प्रेम र साथको खाँचो पर्छ, तर हामीकहाँ पाइलैपिच्छे थप यातना र पीडा दिइन्छ,' मेनुका भन्छिन्, ‘यसको सुरुआत घरपरिवार र समाजबाटै हुन्छ।'
बलात्कारविरुद्धको राष्ट्रिय अभियानकी राधिका सापकोटा त यस्ता अधिकांश घटना सार्वजनिक नहुनुमा पनि परिवारकै दोष देख्छिन्।
यस्तो यसकारण हुन्छ, छोरी–बुहारीको पीडाभन्दा कुलघरानको इज्जत प्यारो भइदिन्छ धेरैका लागि। प्रहरीमा उजुरी गर्दा आफ्नै जगहँसाइ हुने डरले धेरै जना यस्ता घटना चार पर्खालभित्रै लुकाएर राख्न खोज्छन्। प्रहरीले दिनकै दुई जना महिला बलात्कृत हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ तर आधाभन्दा बढी घटना लुकाएर राखिने हुँदा वास्तविक तथ्यांक दोब्बर हुनसक्ने प्रहरी अधिकारी नै बताउँछन्।
जब घटना ढाकछोप गरेर पीडकलाई बचाइन्छ, पीडितको घाउ अझ बल्झन्छ। अपराध भएको छ र त्यसमा दोषीलाई बचाउन खोजिन्छ भने पीडितहरू आफैंलाई जिम्मेवार मान्न थाल्छन्। आफ्नै भाग्यलाई सराप्न थाल्छन्। र, सोच्न थाल्छन्, ‘यो परिवार, समाजमा अरू पनि थिए, मैमाथि किन यस्तो भयो? मैमा केही खोट छ कि? यो मेरो पूर्वजन्मको पापको सजाय पो हो कि?'
बलात्कारको घाउ त्यतिखेर झन् आलो भएर आउँछ, जब पीडितले आफूमाथि यौनहिंसा गर्नेलाई समाजमा खुलेआम घुमिरहेको देख्छ। त्यसबेला उनीहरूमा घृणा, डर र आक्रोशको भाव एकैचोटि उम्लिन्छ जसले ल्याउने मानसिक उत्तेजनाको परिणाम अझ भयानक हुनसक्छ।
‘बलात्कारजस्तो जघन्य अपराधको सिकार हुनुपरेपछि पीडित पक्ष मानसिक रूपले कमजोर हुन्छ, यस्तोमा घरपरिवारले उनीहरूको मनोबल बढाउनुपर्छ,' मनोविमर्शकर्ता डा. गंगा पाठक भन्छिन्, ‘कतिपय अवस्थामा घरपरिवारबाटै लोकलाजले यस्तो घटना लुकाउने गरिन्छ जसले पीडित बालिका र युवतीमाथि झन् ठूलो नकारात्मक असर पार्छ।' यसरी अपराध लुकाउँदा कहिलेकाहीँ पीडित पक्षबाट बदलामा अर्को अपराध हुनसक्ने उनको भनाइ छ।
‘जब पीडितलाई मैले कहीँबाट न्याय पाइनँ, मलाई साथ दिने कोही भएन भन्ने लाग्छ, तब कतिपय व्यक्ति यस्ता पनि निस्कन्छन् जो आफ्नो निम्ति आफैं लड्न अघि सर्छन्, जसले अर्को नकारात्मक परिणाम निम्त्याउन सक्छ,' डा. पाठक भन्छिन्।
कतिपय अवस्थामा अपराधीलाई सजाय दिलाउनुको साटो पीडित परिवार लेनदेनमा समेत लाग्छन्। घटना गुपचुप रहने र आर्थिक लाभ पनि हुने देखेर पीडकसँग क्षतिपूर्ति लिएर मिलापत्र गरी लेनदेनमै बलात्कार मुद्दा टुंग्याइन्छ।
दाङ, सर्राकी ३५ वर्षीया एक महिलामाथि गत दसैंको सप्तमीमा सामूहिक बलात्कार भयो। महिलाले स्थानीय ६ युवाविरुद्ध उजुरी हालिन्। तर, अदालतमा बहस जारी रहेकै बेला पीडित र पीडक पक्षबीच १२ लाख रुपैयाँसम्म बार्गेनिङ भयो। बलात्कारको पीडा, बयान बदल्न परिवारले दिएको धम्की र लेनदेनको कुराले उनी शारीरिक र मानसिक रूपमा कमजोर भएको एक स्थानीय महिला अधिकारकर्मी बताउँछिन्।
उता, तुलसीपुरकी १५ वर्षीया किशोरीलाई छिमेककै एक ५२ वर्षीय पुरुषले जबर्जस्ती करणी गरे। उनी गर्भवती भइन्। तर, न्याय पाउन सकिनन्। उनकै परिवारले पीडकसँग आर्थिक लेनदेन गर्योु। किशोरीको परिवारले घटना गुपचुप राख्न अढाइ लाख रुपैयाँमा सम्झौता गरेको अधिकारकर्मी बताउँछन्।
रकम लेनदेनबाट बलात्कार मुद्दा टुंग्याउन खोजिएका यस्ता घटना थुप्रै छन्। खासगरी ग्रामीण तहमा यो प्रवृत्ति बढी देखिन्छ। कमजोर आर्थिक अवस्थाका परिवारलाई पैसाको प्रलोभन देखाएर घटना ढाकछोप गरिएको भेटिन्छ। कानुनी प्रक्रियामा हुने ढिलाइ पनि बलात्कार मुद्दा लेनदेनमा टुंग्याउने प्रवृत्ति बढ्नुको कारण रहेको अधिकारकर्मी अनुभव छ।
‘छोरी–बुहारीको पीडाभन्दा घटना सार्वजनिक हुने डर र पैसाको लोभले घरपरिवारबाटै घटना ढाकछोप गरिन्छ, पीडितमाथि त्योभन्दा ठूलो पीडा अरू केही हुन्न,' मेनुका भन्छिन्, ‘उसलाई संसारमै आफू एक्लो महसुस हुन्छ। यो पनि एक किसिमको हिंसा नै हो।'
दोस्रो चरणमा प्रहरी–न्यायालय
मुलुकी ऐनको १२ औं संशोधनले बलात्कारका घटनामा दोषीलाई पीडितको उमेरअनुसार ५ देखि १५ वर्षसम्म कैदसजाय व्यवस्था गरेको छ। महिलालाई सामूहिक बलात्कार गर्ने वा गर्भवती, अशक्त तथा अपांगता भएकी महिलालाई जबर्जस्ती करणी गरे थप ५ वर्ष कैद सजाय हुने व्यवस्था छ।
पीडितको शारीरिक तथा मानसिक असर मेट्न र समाजमा पुनःस्थापित गराउन पीडक पक्षबाट क्षतिपूर्ति भराउने प्रावधान पनि कानुनमा छ।
तर, बलात्कारपछि पीडितले घरसमाजबाट जस्तो अवरोध र बाधा झेल्नुपर्छ, त्यस्तै अवरोध आउँछ कानुनी उपचारको बाटोमा। एक त आधाजति बलात्कार घटना प्रहरी कार्यालयसम्म पुग्दै पुग्दैनन्, पुगे पनि सोधपुछका नाममा प्रहरीबाटै घाउ कोतर्ने गरिएका थुप्रै उदाहरण छन्।
करिब एक वर्षअघि धादिङकी २८ वर्षीया एकल महिला घरभित्र आफ्नै जेठाजूको छोराबाट बलात्कृत भइन्। उनले यो घटना घरपरिवारसँग बाँडिन्। उनलाई परिवारबाट कुनै सहयोग भएन। उल्टै घटना गोप्य राख्न घरका सबैले दबाब दिए। धम्क्याए। तर, दृढनिश्चयी ती महिलाले हार खाइनन्। उनले अपराधीलाई दण्ड दिलाउने अठोटसहित घटना सार्वजनिक गरिन्।
उनले सोचेकी थिइन्, आफूमाथि भएको अत्याचार सुनेपछि छरछिमेक साथ दिन अघि सर्छ, तर उनी गलत थिइन्। उनको कुरा कसैले पत्याएन। उनकै चरित्रमाथि समाजले शंकालु नजरले हेर्योन।
उनी त्यसपछि प्रहरीकहाँ उजुरी गर्न गइन्। ‘सुरुमा त प्रहरीले पनि उजुरी लिन मानेन,' ती पीडितले भनिन्, ‘उल्टो बलात्कार भएको सुन्नासाथ मुसुमुसु हाँस्दै यस्तरी मतिर हेरे, मानौं म कुनै मनोरञ्जक घटनाकी पात्र हुँ र मैले सुनाएको घटना फिल्मको दृश्य हो।'
‘बलात्कार हुनुभन्दा कम पीडादायक थिएन त्यो,' उनले भनिन्।
ती महिलाको उद्धारमा संलग्न बलात्कारविरुद्धको राष्ट्रिय अभियानकी सापकोटाका अनुसार पीडकले स्थानीय राजनीतिक नेताका दबाबमा प्रहरीलाई उजुरी नलिन बाध्य पारेको रहेछ। ‘हुँदाहुँदा उनले त्यो ठाउँबाटै विस्थापित हुनुपर्योह,' सापकोटाले भनिन्, ‘आफ्नी दुई जना बच्चालाई माइत राखेर उनी कानुनी लडाइँमा लागिन्।'
अहिले ती महिला राजधानीमा मजदुरी गरेर बसेकी छन्। महिला अधिकारकर्मीको दबाबपछि प्रहरीले उजुरी दर्ता त गरेको छ, तर एक वर्षदेखि आरोपी समातिएका छैनन्।
धादिङकै यस्तै अर्को घटना छ।
हजुरबुबा र काकाबाट बलात्कृत भएर गर्भ रहेकी एक युवतीले प्रहरीकहाँ उजुरी गर्न जाँदा उल्टै हप्कीदप्की सहनुपर्यो'। घटनाको बेलिविस्तार सुनेपछि प्रहरीले भनेछ, ‘गर्भ बोकेपछि के को बलात्कार? यो त हाडनाता करणी हो। यस्तो घटनामा दुवैलाई सजाय हुन्छ।'
‘बलात्कृत पनि हुनु छ, उजुरी गर्न जाँदा उल्टो पीडितलाई नै सजायको धम्की दिइन्छ, यस्तो छ हाम्रो कानुन,' सापकोटा भन्छिन्।
‘प्रहरी कारबाहीको तौरतरिका नै पीडितलाई उल्टो दण्ड दिने खालको छ,' उनको भनाइ छ, ‘पीडित आफैं उजुरी गर्न गए पनि मेडिकल रिपोर्ट नआएसम्म उजुरी लिन मान्दैन, त्यसमाथि के गर्योम, कसरी गर्योप भन्नेजस्ता अनावश्यक प्रश्न सोधेर त्यसको जबाफमा मनोरन्जन लिने प्रवृत्ति छ।'
रक्षा नेपालकी मेनुका पनि प्रहरीको बयान लिने तरिका पीडितमैत्री नरहेको बताउँछिन्। अस्पतालले स्वास्थ्य परीक्षण गरेर ‘बलात्कार भएको' पुष्टि गर्दै रिपोर्ट दिइसक्दा पनि प्रहरीबाट अनेकौं प्रश्न सोधेर घाउमा नुन छर्कने काम भइरहेको उनको भनाइ छ।
‘प्रहरीले सोधपुछ गर्नुपर्छ, तर कुन हदसम्म?' उनको प्रश्न छ, ‘सोधपुछका नाममा बलात्कारको घटना सविस्तार वर्णन गर्न लगाउनु प्रहरी कर्तव्य हो?' यस्तै अनावश्यक प्रश्नको डरले कति पीडित प्रहरीसम्म पुग्न नचाहने उनको अनुभव छ।
यति मात्र होइन, बलात्कारका घटनामा पीडितलाई क्षतिपूर्ति दिलाउने अदालतको फैसला पनि बिरलै कार्यान्वयन हुन्छन्।
राष्ट्रिय महिला आयोगले सन् २०७० मा गरेको अध्ययनअनुसार क्षतिपूर्ति भराइदिने फैसला भएका ७२ मध्ये दुइटा मुद्दाका पीडितले मात्र क्षतिपूर्ति पाए। कानुनी प्रक्रिया झन्झटिलो भएकैले क्षतिपूर्ति पाउन नसकेको महिला अधिकारकर्मीको दाबी छ।
‘क्षतिपूर्ति माग्दा अदालतलाई पीडकको सम्पत्ति कहाँ कति छ भनेर देखाउनुपर्ने नियम छ,' मेनुका भन्छिन्, ‘पीडित पक्षले अर्काको सम्पत्ति कसरी खोज्ने र कसरी थाहा पाउने? यो अधिकार त राज्यलाई मात्र हुन्छ।'
क्षतिपूर्ति प्राप्त गर्ने अदालती कार्यविधि आफैंमा सरल छैन। जिल्ला अदालतले क्षतिपूर्ति फैसला गरे पनि अधिकांश घटनामा मुद्दा अन्तिम किनारा लागेपछि मात्र रकम पीडित पक्षको हात पर्छ। त्यसो भन्नु पुनरावेदन हुँदै सर्वोच्चबाट समेत पीडितकै हकमा फैसला हुनु हो। त्यतिबेलासम्म पीडित पक्ष बलात्कार र त्यसपछिको चोटको पीडाले यति विक्षिप्त भइसकेको हुन्छ, जसको लेखाजोखा कानुनको किताबले गर्दैन।
कानुनले पीडितलाई परेको असरको मूल्यांकनभन्दा पीडकको आर्थिक हैसियतका आधारमा क्षतिपूर्ति निर्धारण हुने गरेको छ। क्षतिपूर्ति भराउन अदालतमा निवेदन दर्ता गर्नुपर्ने र तारिखमा बस्नुपर्ने असहज प्रक्रियाले समेत धेरै यो कानुनी उपचारमा लाग्दैनन्।
जिल्ला अदालत, ललितपुरका प्रवक्ता कौशलेश्वर ज्ञवालीका अनुसार ९५ प्रतिशत मुद्दामा अन्तिम किनारा नलागेसम्म क्षतिपूर्ति भराइँदैन। केही मुद्दामा मात्र तत्काल क्षतिपूर्ति भराउने गरी फैसला हुने उनले बताए।
मुद्दाको अदालती सुनुवाइ क्रममा पीडितलाई सोझै पीडकसामु उभ्याएर घाउमा थप पीडा दिने गरिएको उनको अनुभव छ। जिल्ला अदालत, ललितपुरले करिब दुई महिनादेखि ‘साक्षी संरक्षण कक्ष' अन्तर्गत पीडितलाई एक्लै राखेर बयान लिन थालेको छ। यसमा ‘भिडियो कन्फरेन्स' बाट पीडितको बयान इजलासमा रहेका न्यायाधीश तथा प्रतिवादी पक्षले सुन्छन्।
‘आमनेसामने हुँदा पीडितलाई प्रतिवादीले डरधम्की देखाउने वा मनोवैज्ञानिक त्रास जमाउने सम्भावना हुन्छ,' प्रवक्ता ज्ञवालीले भने, ‘साक्षी संरक्षण कक्षमा राखेर एक्लै बयान दिन लगाउँदा उसले यथार्थ कुरा खुलेर भन्न सक्छ। पीडकको त्रास पनि हुँदैन।'
यस्तो प्रणाली सुरु गरेपछि बलात्कारका मुद्दा सुनुवाइमा सकारात्मक असर परेको उनले बताए। ‘उनीहरूले पहिलेभन्दा आत्मविश्वासपूर्वक बोल्न थालेको अनुभव गरेका छौं,' उनले भने।
बलात्कार मुद्दाका सम्बन्धमा कानुनको सबभन्दा कमजोरी ३५ दिने हदम्याद हो। यसअनुसार पीडितले बलात्कार वा यौनहिंसा भएको ३५ दिनभित्र उजुरी दिइसक्नुपर्छ। त्यो अवधि नाघेपछि मुद्दा चल्दैन।
‘यस्तो पीडाबाट गुज्रने बालिका वा युवतीलाई मानसिक तथा शारीरिक रूपमा सामान्य अवस्थामा आउनै समय लाग्छ,' मेनुका भन्छिन्, ‘उनीहरूलाई ३५ दिनको हदम्याद थोपर्नु न्याय दिन्नँ भनेजस्तै हो। कसैको जिन्दगी बिगार्ने यस्तो घटनामा उजुरीको म्याद पनि जिन्दगीभरकै हुनुपर्छ।'
हदम्यादको यो प्रावधानले द्वन्द्वकालमा लडाकु वा सेना–प्रहरीबाट भएका बलात्कार मुद्दा सुनुवाइलाई छेकेको अधिकारकर्मीको भनाइ छ। त्यतिबेला माओवादी वा सुरक्षाकर्मीबाट बलात्कृत महिलाले डरधम्की वा त्रासका कारण उजुरी गर्न सकेका थिएनन्। अहिले उजुरी दिन कानुनले दिँदैन।
नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका एआइजी सुरेन्द्रबहादुर शाह भने ढिलो गरी आउने मुद्दामा सबुतप्रमाण नष्ट हुने समस्या देखाउँछन्। ‘ढिलो गरी मुद्दा आउँदा सबुतप्रमाण नष्ट भइसक्छ, घटनास्थल सफा गरिएको हुन्छ, यस्तोमा दोष प्रमाणित हुन गाह्रो हुन्छ,' उनले भने।
महिला हिंसासम्बन्धी मुद्दामा पुर्यालएको योगदानका लागि सम्मानित ललितपुर जिल्ला न्यायाधीश टेकनारायण कुँवर बलात्कारजस्तो संवेदनशील मुद्दाको निरन्तर सुनुवाइमा जोड दिन्छन्। घरसमाजको अवरोध नाघेर मुद्दा लड्न आउनुपर्ने यस्ता घटनामा अदालतले जति छिटो न्याय दिन सक्यो, पीडित पक्षलाई उति राहत हुने उनको ठम्याइ छ।
‘बलात्कारजस्तो घटना घरभित्रै नलुकाइयोस् भनी सुनिश्चित गर्ने हो भने सबभन्दा पहिला कानुनी रूपमा हामी बलियो हुनुपर्छ र जतिसक्दो छिटो पीडितले न्याय पाउनुपर्छ,' न्यायाधीश कुँवरले भने, ‘मैले आफ्नो इजलासमा १५ दिनमै फैसला गरेको छु। अरू मुद्दामा जस्तो दुई वर्ष अदालत धाउनुपरे को आउँछ न्याय माग्न?'
...
मान्छे तबसम्म मात्र चैनसँग बाँच्न सक्छ जबसम्म उसको आत्मसम्मान सुरक्षित रहन्छ।
बलात्कारका अधिकांश घटनामा पीडितलाई कि त तिरस्कार गरिन्छ कि नचाहिँदो सहानुभूति देखाइन्छ।
र, यी दुवै अवस्थामा मान्छे चैनसँग बाँच्न सक्दैन।
उनीहरूलाई खाँचो छ, न्याय र आत्मसम्मानका साथ बाँच्ने अधिकारको जुन उनीहरूले सबभन्दा पहिला आफ्नो परिवारबाट, त्यसपछि समाज, प्रहरी अनि कानुनबाट पाउनुपर्छ।
बलात्कारको चोट एकचोटि लाग्छ, त्यसको घाउ कोतरिन्छ जिन्दगीभर। जबसम्म यो प्रवृत्ति जिउँदो रहन्छ, तबसम्म हाम्रा ‘पूजा'हरू अपमानित भइरहनेछन्।

###
0 comments
Write Down Your Responses