मलेसियाको बैंकमा गणेश थापाको खाता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, चैत्र १३ -
अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष गणेश थापाका नाममा विदेशी बैंकमा खाता रहेको रहस्य खुलेको छ। प्राप्त कागजात अनुसार मलेसियाको राजधानी क्वालालम्पुरस्थित जलान एमपाङको स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखामा उनको नाममा खाता देखिएको छ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आजीवन निलम्बन गरेको एसियाली फुटबल महासंघ -एफसी)का पूर्वअध्यक्ष मोहम्मद बिन हमामकी छोरी आइसा मोहम्मद अल अब्दुल्लाहले ४ अगस्त २०१० मा दोहा बैंकबाट थापाको क्वालालम्पुरस्थित चार्टर्ड बैंकको एकाउन्टमा एकमुष्ट एक लाख अमेरिकी डलर ट्रान्सफर गरेको भौचर नेपाललाई प्राप्त भएको छ।
विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशी मुद्रामा खाता खोल्नुपर्यो भने नेपाल राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्छ। स्वीकृति नलिएको खण्डमा त्यो स्वतः अवैधानिक ठहर हुन्छ। विदेशमै बस्ने नेपालीका सम्बन्धमा ऐनले खाता खोल्न पाउने प्रावधान त राखेको छतर देश फर्किंदा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्र ट्रान्सफर गर्न पाउने प्रावधान छ।
विदेशमा खाता खोल्न यसअघि गणेश थापाले नेपाल राष्ट्र बैंकसँग स्वीकृति नलिएको राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागका एक पदाधिकारी बताउँछन्। भन्छन्, "उनको नाममा विदेशमा खाता देखिएको खण्डमा यो स्वतः अवैधानिक ठहर हुन्छ। र, उनीमाथि कारबाही अगाडि बढ्नेछ।"
राष्ट्र बैंकका प्रवक्ता मीनमान श्रेष्ठ विदेशमा खाता खोलेका नेपालीले स्वीकृति नलिएको खण्डमा पनि पारदर्शिताका लागि वाषिर्क रूपमा आफ्नो खाताको स्टेटमेन्ट राष्ट्र बैंकलाई बुझाउनुपर्ने बताउँछन्। "मैले यहाँ एकाउन्ट खोलेँ। यति पैसा छ भनेर बैंक स्टेटमेन्ट राष्ट्र बैंकलाई वाषिर्क रूपमा बुझाउनुपर्छ। र, यसमा श ंका लागेको खण्डमा छानबिन हुन सक्छ," उनले भने।
राष्ट्र बंैकमा उच्च ओहदामा बसेर काम गरिसकेका एक वरिष्ठ अधिकारी पनि राष्ट्र बंैकमा रहेको विनिमय जानकारी एकाइ -एफआईयू)ले मलेसियामा थापाका नाममा रहेको बंैक खाताबारे जानकारी माग्न सक्ने बताउँछन्। उनको भनाइमा गणेश थापा सभासद् भएको हुनाले उनले गैरआवासीय नेपाली (एनआरएन) भएको दाबी गर्न सक्दैनन्। उनका नाममा विदेशमा खाता भएको र खाता सञ्चालन गर्न स्वीकृति नलिएको देखिएमा सम्पत्ति शुद्धीकरण ऐन र विदेशी विनिमय नियमन ऐनको बर्खिलाप गरेकामा अनिवार्य कारबाही अगाडि बढ्छ।
यसअघि नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल, नेपाल आयल निगम र नेपाल वायुसेवा निगमको प्रमुख पदमा रहेर काम गरिसकेका रामाज्ञा चतुर्वेदीमाथि बिनास्वीकृत भारतको नयाँदिल्लीस्थित एसबीआई बंैकमा खाता खोलेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले मुद्दा चलाएको थियो। तर, गणेश थापाका हकमा सार्वजनिक लेखा समितिले ५८ करोड रुपियाँ भ्रष्टाचार भएको रिपोर्ट सार्वजनिक गर्दै अख्तियारलाई अनुसन्धान अगाडि बढाउन निर्देशन दिए पनि अख्तियारले मुद्दा नै तामेलीमा राखिदिएको छ।
"लेखा समितिले सम्पत्ति शुद्धीकरण विभागलाई छानबिन गर्न निर्देशन दिए अनुसार हामी पनि अनुसन्धानका क्रममा छौँ," सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक केवल भण्डारी भन्छन्, "त्यस्तो प्रमाण फेला पर्यो भने अनुसन्धानको दायरामा ल्याउँछौँ।"
आर्थिक अनियमिततामा संलग्न भएको आरोपमा गणेश थापालाई फिफाले यसअघि लगाएको चार महिनाको प्रतिबन्ध २० फागुनमा समाप्त भएको छ। तर, त्यसको १५ दिन नबित्दै फिफाले पुनः उनलाई तीन महिनाका लागि थप प्रतिबन्ध लगाउने निर्णय ६ चैतमा गरेको छ।
गणेश थापाका जेठा छोरा गौरवले पनि सन् २००९ मा एएफसीका निलम्बित अध्यक्ष हमामबाट एक लाख अमेरिकी डलर लिएका थिए । यस विषयमा पहिले एएफसीमै कार्यरत गौरवले अझैसम्म कुनै प्रस्टीकरण दिएका छैनन् । तर, गणेश थापाले भने घरायसी प्रायोजनका लागि सापटी लिएको र उनलाई फिर्ता गरिसकेको अपत्यारिलो दलिल दिँदै आएका छन् ।

###
0 comments
Write Down Your Responses