खग्रास सूर्य ग्रहणः दिउँसै रात पर्दाको रोमान्चकता (फोटोफिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र ६ । नेपालसहितका दक्षिण एसियाली मुलुकबासीले हेर्न नपाएपनि बेलायत र उत्तरी युरोपका लाखौं मानिसले शुक्रबार लागेको खग्रास सूर्य ग्रहण अवलोकन गरेका छन् ।
यो वर्षकै सबैभन्दा उत्कृष्ट सूर्य ग्रहण हेर्न बालबालिकादेखि बृद्धबृद्धासमेत लँछाडमँछाड गरेको दृश्य र तस्वीर विभिन्न सन्चारमाध्यमले सम्प्रेषण गरेका छन् । सूर्य ग्रहणमा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउने भएका कारण पृथ्वीको केहि भाग अँध्यारो हुने गर्दछ ।
बेलायतको आकाश नेपाली समयअनुसार दिउँसो २ बजेर ९ मिनेट अर्थात् स्थानीय समय ८ बजेर २४ देखि अँध्यारो हुन सुरु गरेको थियो । जतिजति चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आयो, त्यति नै पृथ्वीमा अन्धकार बढ्दै गएको थियो ।
सबैभन्दा अँध्यारो नेपाली समयानुसार ३ बजेर १५ मिनेट अर्थात् स्थानीय समय ९ बजेर ३० मा भएको थियो । यतिबेला सूर्यको सबै प्रकाश लगभग सबै लुकेको थियो र करिब दिउँसै रात भएको सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
लाखौंलाख मानिस बिरलै प्राप्त हुने यस्तो दृष्य विभिन्न माध्यममार्फत् अवलोकन गर्दै थिए । –एजेन्सीको सहयोगमा ।

###
0 comments
Write Down Your Responses