टुँडिखेलमा यस्तो देखियो घोडेजात्रा (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र ६ । काठमाडौं उपत्यकामा शुक्रबार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्रकृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्‍यो । कार्यक्रममा घोडा दौड, साइकल दौड, शो जम्प, ड्रिल राइड, ग्रुप टेन्ड पेगिङ, लान्स पिक, क्रिज, डग शो र हंगेरियन पोस्टलगायतका कला प्रदर्शन गरिएको थियो ।

घोडेजात्राको अवसरमा सेनाले गरेको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, संवैधानिक निकायका प्रमुखहरु, मन्त्रीहरु र उच्च पदस्थ सरकारी अधिकारीहरु सहभागी थिए ।

घोडेजात्राकै अवसरमा ललितपुरमा पनि एउटा कानोघोडा दौडाएर जात्रा मनाइएको छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किम्बदन्ती छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z