विप्लप माओवादीद्वारा ४ सय ५२ रोपनी जग्गा कब्जा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नुवाकोट- नेकपा माओवादी विप्लप पक्षीय कार्यकर्ताले जिल्लाको थानसिङमा सयौं रोपनी जग्गामा झण्डा गाडेर कब्जा गरेका छन्। माओवादीको १० जनाको समूहमा रहेका कार्यकर्ताले थानसिङको ४ सय ५२ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेका छन्।
विप्लप माओवादीकी जिल्ला सेक्रेटरी मिना बाइबाद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ती जारी गर्दै जग्गा कब्जाको घोषणा गरेको जनाएको छ। कृषि फर्मका सञ्चालक दिवाकर चन्दको नाममा रहेको उक्त जग्गा गाउँका २७ घरपरिवारले कमाउँदै आएका छन्। चन्दको एक वर्षअघि मृत्यु भएपछि सूर्यबहादुर कार्कीले रेखदेख गर्दै आएको स्थानीय चन्द्रबहादुर बिकले बताए। 'कार्की बेला बेलामा जग्गाको रेखदेख गर्न आएको भनेर आउँछन्,' विकले भने, 'तर यहाँ हामीले कमाएको उब्जनी भने लगेका छैनन्।' दिवाकर चन्दको नामको उक्त जग्गा दुई वर्षअघि नै वीरगन्जका नारायण रौनियारलाई बेचेको बताइएको छ।
जिल्ला सेक्रेटरी मीना बाइबाद्वारा जारी विज्ञप्तीमा थानसिं-१ र २ मा रहेको सो जग्गामा हालः २६ भन्दा धेरै परिवार बसोबास गर्दै आएको र सो जग्गा बिक्री वितरण नगर्न र कमाउने किसानलाई फिर्ता गर्न चेतावनी दिइएको छ।
वर्षौदेखि कमाएको उक्त जग्गामध्ये १, २ रोपनी गरी खाने जग्गामात्र आफूहरुले पाउनुपर्ने माग रहेको थानसिङ-१ का रामकृष्ण विकले बताए। 'व्यक्तिको सम्पत्ति माओवादीले कब्जा गरेपनि हामीलाई थोरै जग्गा भए पुग्छ,' उनले भने, 'कमाई खाइरहेका छौं।' पहिला पनि माओवादीले सशस्त्र द्वन्द्वका बेला कब्जा गरेका र यो दोस्रोपटक भएको उनले बताए। यसअघि २०५७ साल साउन १५ गते तत्कालीन माओवादीले सो जग्गा कब्जा गरेको घोषणा गरेको थियो।
माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त जग्गा फिर्ता गरेको थियो। उक्त जग्गा कब्जा गर्नका लागि माओवादीका सचिवालय सदस्य नारायण नेपालले गाउँका स्थानीयलाई जम्मा गरेर कब्जाको घोषणा गरेका थिए। जमिन जमीनदारको नभइ उपभोग र जोत्नेा किसानको हुनुपर्ने भन्दै नेपालले स्थानीयबासीको जगगा प्राप्तिको आन्दोलनमा आफूहरु जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी दिए।
२०२२ सालदेखि बसोबास गर्दै आएको जग्गामा आफूहरुलाई झुक्याएर दिवाकर चन्दले नापीको समयमा आफ्नो नाममा कागजपत्र तयार गरेको स्थानीयबासी बताउँछन्। हाल नुवाकोट कृषि फर्मको नाममा दर्ता रहेको सो जग्गामा जिल्लाका विभिन्न स्थानबाट आएका भूमिहीन किसानको बसोबास छ। तत्कालीन समयमा तीन घरबाट बढेर अहिले २७ परिवार बसोबास गर्दै आएको छ। लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयले आफूहरुले लामो समयसम्म उपभोग गरेका जग्गा आफूहरुले नै पाउनुपर्ने बताएका छन्।
माओवादीले आफूहरुले कब्जा गरेको जग्गा बिक्री-वितरण, किनबेच, नगर्न चेतावनीसमेत दिएको छ। जग्गामा स्थानीयले मकै, जौ, तरकारी खेती गरेका छन्। उक्त जग्गा काठमाडौं-छहरे-टोखा सडक खण्डअर्न्तगत थानसिङमा छ।

###
0 comments
Write Down Your Responses