तोडफोड र आगजनी गरे कडा कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
२४ चैत, काठमाडौं ।

गृहमन्त्रालयले विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको आमहडतालको देशभर सामान्य प्रभाव देखिएको जनाएको छ । आमहडतालको पहिलो दिन साँझ गृहले निकालेको विज्ञप्तिमा देशभर बन्दको प्रभाव देखिएपनि कतिपय ठाउँमा बजार खुलेको र सवारी साधनलाई पनि सुरक्षा दिएर गन्तब्यमा पुर्‍याएको उल्लेख छ ।


गृह प्रवक्ता लक्ष्मीप्रसाद दकालको हस्तार रहेको विज्ञप्तीमा बन्दका क्रममा देशभरी गरेर ७ सवारी साधनमा तोडफोड गरेको र ३ बटामा आगजनी गरेको उल्लेख छ ।


गृहले सरकार सुरक्षा दिन प्रतिबद्ध रहेको भन्दै उद्योग, कलकारखाना व्यापार, यातायात लगायतका आफ्ना सेवा व्यवसायहरु डर नमानी निर्वाधरुपमा सञ्चालन गर्न र कहिँ कतैबाट सुरक्षा खतरा महशुस भए नजिकको भ्रहरी युनिटमा खबर गर्न समेत आग्रह समेत गरेको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z