‘बन्द सदाका लागि बन्द’ अभियान घोषणा, ट्याक्सी जलाइएका निरजले पाए २ लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र २५ । कामना न्यूज पब्लिकेसनले भोलि (बिहीबार)देखि ‘बन्द सदाका लागि बन्द’ भन्ने अभियान सुरु गर्ने भएको छ ।
कामना प्रकाशनले बुधबार गरेको पत्रकार सम्मेलनमा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुस्करलाल श्रेष्ठले सो अभियानको घोषणा गरेका हुन् ।
साथै, बन्दबाट भौतिक क्षति ब्यहोर्नुपरेकाहरुलाई आर्थिक सहयोग गर्न कामना फाउन्डेसन कोषको पनि स्थापना गरिएको छ ।
सो कोषमा आजसम्म जम्मा भएको २ लाख रुपैयाँ मंगलबार ३० दलीय मोर्चाले गरेको बन्दका क्रममा जलाइएको ट्याक्सीका चालक निरज बानियाँलाई प्रधानसम्पादक श्रेष्ठले हस्तान्तरण गरे ।
पत्रकार सम्मेलनमा पीडित बानियाँ र कामना प्रकाशनका प्रबन्धक दिरेकलाल श्रेष्ठले ‘बन्द सदाका लागि बन्द’ गर्न सबैलाई आग्रह गरेका थिए ।

###
0 comments
Write Down Your Responses