साउदी अरेबियाद्वारा आदेन विमानस्थलमा आक्रमण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आदेन : साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले लडाकु विमानद्वारा दक्षिण यमनस्थित अल-अनद हवाइ अखडामा मंगलबार राति आक्रमण गरेको छ।
स्थानीय बासिन्दा र सरकारी अधिकारीले दिएको जानकारी अनुसार साउदी अरेबियाली हवाइ सेनाले सैन्य अखडाका सौ आसपासमा पनि भीषण आक्रमण गरेको छ।
साउदी नेतृत्वको सेनाले गत साता हाउदी समूहका विरुद्ध आक्रमण सुरु गरेको हो। यमनको राजधानी सानामा यसअघि नै हाउदी विद्रोहीले नियन्त्रण कायम गरेका थिए।
साउदी सेनाले आक्रमण जारी राखे पनि हाउदी विद्रोहीको सेना अगाडि बढिरहेको छ। इरानले भने हाउदी विद्रोहीलाई समर्थन गरेको छ।
मध्य आदेनमा भने अपदस्थ राष्ट्रपति अब्द-रब्बु मनसुर हादीका समर्थकको पकड रहेको छ। राष्ट्रपति मन्सुरलाई साउदी अरेबियाको समर्थन रहेको छ। उनी हाल साउदी अरेबियामा आश्रय लिएर बसेका छन्।
यसैबीच साउदी समर्थित सेनाले हाउदी विद्रोहीलाई दक्षिणी भेगका इलाकाबाट हटाएको जानकारी दिइएको छ। अल-अनद हवाइ अखडा आदेनदेखि ५० किलोमिटर दूरीमा रहेको छ। पूर्वराष्ट्रपति अली अब्दुल सलेहका समर्थकले पनि विद्रोहीलाई साथ दिइरहेका छन्।
अमेरिकाले यमनमा हाउदी विद्रोहीसँग लडिरहेका साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनालाई हतियार दिन सुरु गरेको छ। अमेरिकी विदेश उपमन्त्री एन्ठोनी ब्लिंकनले गठबन्धन सेनालाई अमेरिकाले हतियार र गुप्तचर सम्बन्धी सहयोग पनि उपलब्ध गराइरहेको जानकारी दिए।

###
0 comments
Write Down Your Responses