प्रहरीद्वारा बाबुराम भट्टराईको खण्डन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बिजुली बजारमा गोली होइन टियर ग्यास हानेको हो: प्रहरी
काठमाडौंको बिजुली बजारमा आफूहरुको प्रर्दशनमा प्रहरीले गोली चलाएको एकीकृत माओवादीका नेताहरुले दाबी गरेका छन्।

एकीकृत माओवादीका नेता बाबुराम भट्टराइले आफूहरुको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दै गोली प्रहार गरेको र आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएका छन्। उनले नेता राम रार्की र विद्यार्थी नेता रामप्रसाद ढकाल लगायतको टाउको चोट लागेको ट्वीट मार्फत दाबी गरेका छन्।
तर, प्रहरीले भने बन्दमा गोली नचलाएको प्रष्ट पारेको छ। बानेश्वरबाट थुनुवाहरुलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने क्रममा बन्दकर्ताले अवरोध गरेको र ५ राउण्ड अश्रु ग्ग्यास प्रहार गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले सेतोपाटीलाई जानकारी दिए उनले भने, ‘गोली चलाएको कुरा हल्ला मात्र हो,’ उनले भने,  ‘प्रहरीमाथि आक्रमण र गाडी तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेका हौं।’ उनले बन्दका क्रमम काठमाडौंबाट  झन्डै २ दर्जन कार्यकर्ता पक्राउ गरेको दाबी गरे।


###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z