पाकेट मारेर ललितपुरमा ३ तले घर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ललितपुर, चैत २० पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा ३ तले घर बनाएका छन् । नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन् । प्रहरीले ५० वर्षीय सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षीय सन्चबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । ललितपुर प्रहरीले कुमारपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध शाखा ललितपुरका प्रमुख इन्स्पेक्टर नरेन्द्र चन्दका अनुसार सिंह र तामाङले ३० वर्षदेखि पाकेटमारी गर्दै आएका थिए । ‘पाकेटमारीबाटै आफूले ७०–८० लाख रुपैयाँ कमाएका सिंहले बताएका छन्,’ इन्स्पेक्टर चन्दले भने,‘कतिपटक पाकेट मारेँ भन्ने आफूलाई याद नभएको पनि सिंहले बताएका छन् ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

###
0 comments
Write Down Your Responses