यस्तो थियो गान्धीले हिटलरलाई लेखेको चिठ्ठी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,चैत २० – महात्मा गान्धीले सन् १९३९ मा जर्मनीका नाजी तानाशाह एडोल्फ हिटलरलाई एउटा चिठी लेखेका थिए । तर,त्यो चिठ्ठी हिटलरसम्म नै पुगेन ।
२३ जुलाई १९३९ मा गान्धीले युद्ध रोक्न अनुरोध गर्दै हिटलरलाई चिठी लेखेका थिए । चिठीमा गान्धीले आफ्नो साथी सोचेकाले त्यो पत्र लेखेको जनाएका थिए । तर,त्यही चिठी लेखिएको एक महिनापछि नै हिटलरले पोल्यान्ड आक्रमणको आदेश दिएका थिए ।
यस्तो थियो गान्धीको चिठी
प्रिय साथी,
मलाई साथीहरु मानवताको आधारमा तपाईंलाई चिठी लेखोस् भन्ने अनुरोध गरिरहेका छन् । तर,मैले उनीहरुको अनुरोध टारिरहेँ । मैले सोचिरहेँ – मेरातर्फबाट पत्र पठाउँदा तपाईंलाई रिस उठ्ला ।
तर,केही कुरा यस्तो पनि हो जसको कारण मैले तपाईंलाई चिठी लेख्दा कुनै हिसाब किताब गर्नुपर्दैन । र,तपाईंलाई यो अपिल गर्नु नै पर्छ । यसको जस्तो र जोसुकै महत्व किन नहोस् ।
यो पूर्ण रुपमा प्रस्ट छ कि यो समय विश्वमा तपाईं नै एकजना त्यस्तो मानिस हो जसले युद्द रोक्न सक्छ । जुन युद्दले मानवतालाई बर्बर स्थितिमा पुर्याएको छ । चाहे त्यो लक्ष्य तपाईंलाई मूल्यवान प्रतित होस् । के यसका लागि तपाईं मूल्य चुकाउन तयार हुनुहुन्छ ?
के तपाईं एउटा यस्तो साथीको अपिलमाथि ध्यान दिन चाहनुहुन्छ जसले उल्लेखनीय सफलताका साथ युद्दको तरिकालाई खारेज गर्न सफल भएको छ ?
तैपनि,यदि मैले तपाईंलाई चिठी लेखेर गल्ती गरेँ र तपाईंलाई चिठी लेखेर गल्ती गरेँ र तपाईंलाई रिस उठ्यो भने तपाईंसँग क्षमाको अपेक्षा गर्दछु ।
तपाईंको साथी ,
एमके गान्धी

###
0 comments
Write Down Your Responses