दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरमा थप ५ जना नेपाली पनि रहेको खुलासा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : वैशाख २९ गते दुर्घटनाग्रस्त अमेरिकी सेनाको हेलिकप्टरमा थप ५ जना नेपाली गैर सैनिक व्यक्तिहरु पनि रहेको डि.एन.ए.परीक्षणबाट पुष्टि भएको छ।

दुर्घटना भएको हेलिकोप्टरमा दुईजना नेपाली सेनाका र ६ जना अमेरिकी सेनाका गरी आठजना रहेको भनिएकोमा डिएनए परीक्षणको क्रममा थप पाँचजना पनि रहेको पुष्टि भएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने नेपाली गैरसैनिक व्यक्तिहरु दोलखा जिल्ला लादुक ७ का धु्रव कट्वाल, लोक बहादुर कट्वाल, शिव खत्री, यम बहादुर खत्री र लामिडांडा गा.बि.स.की साबित्री सिवाकोटी रहेका छन्।

बैशाख २९ गते गएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्यमा काठमाडौंबाट दोलखा उडेको हेलिकोप्टर कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्पm करिव ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनाग्रस्त ईलाकाबाट फेला परेको मानव अस्थिपन्जरको भागहरुलगायत घटनास्थलबाट प्राप्त बिभिन्न प्रमाणहरुको नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीद्वारा संयुक्त रुपमा अनुसन्धान गरीएको निर्देशनालयले जनाएको छ।

दुर्घटनामा परेका नेपालीहरु मध्ये सह सेनानी तपेन्द्र रावलको पहिचान गरी पार्थिव शरिर आफ्नो परिवारलाई बुझाइ सकिएको छ। बांकी रहेका सैनिक जमदार बसन्त बहादुर तितरा र गैर सैनिक ५ जनाको पार्थिव शरिरलाई पनि आ–आफ्नो परिवारलाई बुझाउने व्यवस्था मिलाइएको छ ।  
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z