मारियो भनेर पुरिएर छोडिएको १० बर्षे बालक भागेर परिवारको सम्पर्कमा,अपहरणकारी प्रहरीको फन्दामा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाण्डौं । १० वर्षीय बालकलाई अपहरण गरी फिरौती रकम माग्ने दुई अपहरणकारीलाई क्राइम डिभिजन काठमाडौंले पक्राउ गरेको छ । अपहरणकारीले काठमाडौं गोकर्णेश्वरका ती बालकलाई ललाईफकाई अपहरण गरी म¥यो भनी खाडलमा पुरेका थिए ।

 जेठ २३ गते तीन बजेको समयमा १० वर्षीय काठमाडौं गोकर्णेश्वरका बालकलाइ दुई जना अपहरणकारीको समूहले अपहरण गरेका थिए । अपहरणकारीले ती बालकसंग केही दिन यता सम्बन्ध बढाँउदै नजिकिएको र मौका मिल्नासाथ अपहरण गरी नजिकैको कृष्ण मन्दिर पु¥याएका थिए । बालकलाई त्यहाँ मरणासन्न हुने गरी कुटपिट गरेपछि बालकको मृत्यु भएको ठानी अपहरणकारीले खाडलमा पुरेका थिए । तर बालक केही बेरमा होसमा आएपछि त्यहाँबाट भागेर आफ्नो साथीहरु भएको ठाँउमा पगी बेहोस भए ।

बालकलाई अपहरण गरी हत्या प्रयास गरेका दोलखा जिल्ला मार्बु गाविस ९का २३ वर्षीय भीम बहादुर मगर र दोलखा मार्बुकै २६ वर्षीय रुद्र खत्री अभिषेकले बालकका परिवारलाई फोन र एसएमएस गरी बच्चा चाहिएमा तत्काल ५० लाख रुपैंया माग गरेका थिए । यिनीहरुले सिन्धुपाल्चोकको एक्काइस किलो काला पथ्थरमा फिरौती रकम माग गरेका थिए । क्राइम डिभिजन काठमाडौंले यी दुई अपहरणकारीलाईफिरौती रकम माग गर्न प्रयोग गरिएको सिमकार्ड, मोबाइल र एक थान खुकुरी पनि बरामद गरेको छ । अपहरणमा परेका बालकको घाँटी आँखा र छातीमा गम्भीर चोट लागेको र उनको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यी दुवै अपहरणकारीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने मुद्दा अन्र्तगत कारवाही गर्ने भएको छ ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z