सशस्त्रका असईले नेपाल प्रहरीका हवल्दारलाई कुटे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काँकडभिट्टा, जेष्ठ २५ - सशस्त्रका सहायक प्रहरी निरीक्षक दीपकुमार श्रेष्ठले सोमबार दिउँसो इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी हवल्दार गगन चौधरीमाथि हातपात गरेका छन् ।
सशस्त्रले मिलेमतोमा अखाद्य तेल छाडेपछि प्रहरी हवल्दार चौधरीले पक्रेको झोंकमा श्रेष्ठले उनीमाथि हातपात गरेका हुन् । हाम्रो एरियामा किन सामान समातेको भन्दै असई श्रेष्ठले कुटेका थिए । सशस्त्र र नेपाल प्रहरीको संयुक्त कमाण्डमा भन्सारवाट आउने सामान जाँच हुँदै आएको छ ।
कुटाईवाट हवल्दारको आँखा, हात र अनुहारमा चोट लागेको ईलाका प्रहरी कार्यालयका डीएसपी अर्जुन तिम्सिनाले जानकारी दिए । ‘प्रहरी इमान्दार हुन खोज्दाको परिणति हो यो,' डीएसपी तिम्सिनाले भने, ‘अवैध सामान समाउदा प्रहरीवाटै प्रहरीमाथि आक्रमण हुनु दुर्भाग्य हो ।’
सशस्त्रले नेपाल प्रहरीमाथि पटक पटक ज्यादती गर्दै आएका उदाहरण छन् । विगतमा धेरै प्रहरी र भन्सार कर्मचारीले सशस्त्रको कुटाई खाएका छन् । केही समयअघि सामान पक्राउ विवादमै प्रहरीका मिथिलेश यादवलाई सशस्त्रले आक्रमण गरेको थियो । केही समय अघि मेची भन्सारमा कार्यरत महिला कर्मचारीलाई पनि उनीहरुले कुटेका थिए । झापाका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ रेग्मीले प्रहरी कुटपिटको घटना दुखद भएको बताउँदै सशस्त्र प्रहरीबाट पटक पटक घटना दोहोरिनु गम्भीर भएको बताए । सशस्त्रका एसपी प्रेमराज पोखरेलले आफ्ना संगठनवाट प्रहरी हवल्दार कुटपिटको घटना सामान्य भएको बताए । ‘प्रहरीवीच मिस अण्डरस्ट्याण्डिङ भएको देखियो,' उनले भने,‘तीललाई पहाड नपारेकै राम्रो ।’

###
0 comments
Write Down Your Responses