वंगलादेशले पठाएको ५७ हजार ब्लांकेट हराए, शंका बामदेव गौतममाथि !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाण्डौ, २५ जेठ– बंगलादेशले भूकम्पपीडितका नाममा पठाएको करिब ५७ हजार थान ब्लांकेट हराएका छन् । वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि बंगलादेशले हवाई र सडक मार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांकेट पठाएको थियो । विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने तथा वितरण गर्ने जिम्मवारी पाएको गृह मन्त्रालयले बगलादेशबाट २ हजार ४ सय ७८ थान ब्लांकेट प्राप्त भएको देखाएको छ । अरु ब्लांकेट कहाँ छन् तथा कहाँ गए भन्नेमा गृह मौन छ ।
बंगलादेशको काठमाण्डुस्थित दूतावासका अनुसार ५९ हजार २ सय ७२ थान नै ब्लांकेट तीन साताअघि नेपाल भित्रिएका हुन् । केही ब्लांकेट बंगलादेशी सेनाको हवाईजहाजमार्फ सिधै र केही ट्रकबाट सडकमार्ग हुँदै काठमाण्डु ल्याइएको थियो । ‘हामीले दुई साताअघि नै ब्लांकेट नेपाल सरकारलाई बुझाएका हौं’ दूतावास स्रोतले जानकारी दियो । बंगलादेशबाट सरकार, त्यहाँका विभिन्न संघसंस्था तथा बैंकको सक्रियातामा संकलन गरी ती ब्लांकेट नेपाल ल्याइएको थियो । हवाई मार्गबाट आएको ब्लांकेट सेनाले बुझेर गृहलाई जिम्मा दिएको थियो । ३४ हजार २ सय १४ थान ब्लांकेट सडक मार्ग हुँदै नेपाल भित्रिएको सेनाले जनाएको छ । तर गृहले बंगलादेशबाट २ हजार ४ सय ७८ थान मात्र ब्लांकेट भित्रिएको दावी गरेको छ । – नागरिक दैनिकबाट
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z