विश्वका महंगा ६ चीजहरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विश्वमा महंगा चीजहरु धेरै छन्। तर कुनै चीजहरु यस्ता छन् जसकाे मूल्य हामीले साेचेभन्दा धेरै नै बढी रहेकाे छ। यहाँ अचम्म लाग्ने गरी महंगा ६ चीजहरुकाे बारेमा चर्चा गरिएकाे छ।

१. पियानोः

संसारकै महंगो पियानो– हेन्जम्यान क्रिस्टल पियानो करिब ३२ लाख अमेरिकन डलरमा बिक्री भएको थियो। यो विशेष पियानो पुरै क्रिस्टलले बनेको छ। यो एकदमै ठूला कन्सर्ट हलहरुमा गरिने प्रस्तुतीका लागि तयार गरिएको थियो। सन् २००८ मा बेजिङ ओलम्पिक गेम्समा यसलाई विश्व सामु सार्वजनिक गरिएको थियो।  


२. नाटाली डिलानको कुमारीत्वः

नाटाली डिलानले आफ्नो कुमारीत्व ३८ लाख अमेरिकन डलरमा बेचेकी थिइन्। तर उनी कुनै याैनकर्मी नभएर एक आकर्षक २२ वर्षे विद्यार्थी मात्र हुन्। उनले आफ्नो जीवनमा आवश्यकता पर्ने पैसाको जोहो गर्न त्यसो गरेको बताइएको छ।

३. आइफोन ५ः

हालसम्मको सबैभन्दा महंगो स्मार्टफोन आइफोन ५ हो जसको मूल्य करिब १५३ लाख अमेरिकन डलर पर्छ। यति धेरै मूल्यम पर्नुको कारण यो ६०० वटा सेता हिरा जडेर बनेको छ। यसमा सुनले बनेको एप्पलको लोगो, ५३ वटा सेता हिरा र १३५ ग्राम २४ क्यारेट सुन र स्याफाइर ग्लासले बनेको स्क्रिन रहेको छ। यसको होम बटन कालो हिराले बनेको छ।

४. फरारी रेस कारः

विश्वको सबैभन्दा बढी रुचाइएको रेस कार–सन् १९६३ मा बनेको फरारी २५० जीटीओ ५२ लाख अमेरिकन डलरमा  बिकेको थियो।

५. पेन्टिङः

सन् १८९३ मा ‘कार्ड प्लेयर्स’ नाम दिइएको पेन्टिङ  २६०० लाख अमेरिकन डलरमा बिक्री भएर संसारकै महंगो कला बनेको हो। यसलाई पल केजान्नेपाले बनाएका हुन्।

६.मरिना बेः

मरिना बे ५७ तला र १९४ मिटर अग्लो रहेको छ। यसको मूल्यांकन ६ अर्ब अमेरिकन डलर बराबर बराबर रहेको छ। यो सिंगापुरको मरिना बेमा रहेको एक रिसोर्ट हो जसको क्षेत्रफल २० हेक्टर रहेको छ। यहाँ विश्वको सबैभन्दा ठूलो क्यासिनो, ३४० मिटरको स्काईपार्क र टपमा एकदमै ठूलो स्विमिङ पुल रहेको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z