अब बाख्रामा कृत्रिम गर्भाधान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दमौली: उन्नत जातका बाख्राको विकासका लागि देशमै पहिलो पटक कृत्रिम गर्भाधानको तयारी गरिएको छ।

स्थानीय बाख्रामा उन्नत जातको गुण विकास गराउँदै उत्पादकत्व बढाउन कृत्रिम गर्भाधानको प्रयोग सफल भएपछि यसलाई देशैभर प्रयोगमा ल्याउने तयारी भएको छ।


बन्दीपुरस्थित कृषि अनुसन्धान केन्द्र (बाख्रा) र पोखराको राष्ट्रिय पशु प्रजनन केन्द्रको संयुक्त प्रयासमा भएको अनुसन्धानले बाख्रामा कृत्रिम गर्भाधान गर्दा पहिलेभन्दा सुधार पाएपछि यसलाई देशैभर प्रयोगमा ल्याउने निष्कर्ष निकालिएको हो।

कृषि मन्त्रालयले यसका लागि स्वीकृति दिइसकेको छ। 'हामीकहाँ अहिले स्थानीय गाईका जातमा मात्र कृत्रिम गर्भाधान छ', कृषि अनुसन्धान केन्द्र बन्दीपुरका प्रमुख कृषि वैज्ञानिक राम घिमिरेले भने, ‘त्यसैको निष्कर्षका आधारमा बाख्रामा पनि प्रयोग गरिएको हो।'

प्रयोग सफल भएपछि अब स्थानीय जातमा उन्नत जातको गुण मि श्रण गराउँदै कृत्रिम गर्भाधान गरिने र यसले कृषकको चाहनाअनुसार मासु तथा दुध वा दुवै दिने जातको विकास गरिनेछ।

यसका लागि प्रारम्भिक चरणमा मासु दिने बोअर र दुध दिने स्यानन जात कृत्रिम गर्भाधानका लागि तयार पारिएको छ।

बन्दीपुरको केन्द्रले यसका लागि आवश्यक शुक्रकिट संकलन गरिरहेको छ।

आगामी भदौसम्ममा किसान स्तरमा कार्यक्रम लग्ने योजना रहेको कृषि वैज्ञानिक घिमिरेले बताए। 'यसले गाईजस्तै गरी बाख्रापालनमा धेरै फाइदा दिन्छ', उनले भने।

दिनको एक पाउ बढ्ने बाख्रा
बन्दीपुरस्थित कृषि अनुसन्धान केन्द्रले एक दिनमा दुई सय ५० ग्राम तौल बढ्ने नेपाली बाख्राको जात विकास गरेको छ।

चार वर्षयता भइरहेको अनुसन्धानको पछिल्लो नतिजाले 'बोअर क्रस' को तौल दिनमा दुई सय ५० ग्रामका दरले बढेको पाइएको केन्द्रका वैज्ञानिक राम घिमिरेले बताए।

यसअघि दुध र मासु दुवै दिने जातको विकास गरिसकेको केन्द्रले अहिले नेपाली माटोअनुकूल धेरै मासु दिने 'नेपाली बोअर' विकास गरिरहेको छ।

अस्ट्रेलियाबाट ल्याइएको पाठी र बोकालाई स्थानीय जातसँग क्रस गराएर गरिएको प्रयोगको नतिजा उत्साहजनक पाइएको उनले बताए।

'नेपालमा बाख्राको मासुको माग बढिरहेको छ', उनले भने, ‘यस्तोमा धेरै मासु दिने उपयुक्त जातको विकास गर्ने दबाबका बीच नयाँ प्रयोगले सफलता मिलेको छ।'

स्थानीय जातकै जसरी पाल्दा पनि दैनिक एक सय २५ ग्राम मासु बढ्ने देखिएको केन्द्रका अर्का वैज्ञानिक देवीप्रसाद अधिकारीले बताए।

नेपाली स्थानीय जातको बाख्राको मासु दैनिक ४५ देखि ७० ग्रामसम्म मात्र बढ्छ। मासुको माग बढिरहेको समयमा किसानलाइ बढी फाइदा दिन यो जात उपयुक्त रहेको कृषि वैज्ञानिक अधिकारीले बताए।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z