युवाको गलामा अड्किएका केही प्रश्न
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
साँच्चैको संविधानसभा भए हरेक युवाको गलामा अड्किएका यी प्रश्नको उत्तर दिन सक्नुपर्छ
विख्यात भारतीय वैज्ञानिक, चिन्तक तथा भारतका पूर्वराष्ट्रपति (२००२—२००७) एपिजे अब्दुल कलाम चेन्नईको अन्ना विश्वविद्यालयमा सामाजिक परिवर्तनका लागि प्रविधिको प्रयोगसम्बन्धी विषय पढाउने गर्दथे।
उनलाई चेन्नईकै प्रेसिडेन्सी कलेजले आफ्ना विद्यार्थीहरूसँग एउटा अन्तरक्रियाको लागि बोलायो। एक हजार पाँच सय विद्यार्थीहरूले खचाखच भरिएको हलमा उनले राष्ट्रको लागि भविष्य दृष्टि (भिजन) को अपरिहार्यताबारे प्रवचन दिए।
प्रवचनपछि विद्यार्थीहरूले राष्ट्रिय विकास, राजनीतिक नेतृत्व, विज्ञान र प्रविधिको देन, शिक्षा र सिकाइ प्रक्रिया जस्तै विविध विषयमा उनलाई प्रश्नहरू सोधे ।
एउटा उत्प्रेरक वातावरणमा प्रवचन र प्रश्नोत्तर सत्र समाप्त भएपछि अब्दुल कलाम हलबाट बाहिर निस्कँदै गर्दा एकजना विद्यार्थी हस्याङफस्याङ गर्दै भीड छिचोलेर उनको सामु आए र एउटा कागज उनको हातमा दिए।
फर्कंदा गाडीमा कलामले त्यो कागज झिकेर पढे । कागजमा लेखिएको थियो-
‘आदरणीय कलाम महोदय,
एउटा ठूलो वटवृक्षको सम्पूर्ण शक्ति र त्यो वृक्षको फलमा हुने दानाभित्रका वीजहरूमा हुने शक्ति बराबर हुन्छ । त्यस हिसाबले तपाईं र म समान हौं, तर तपाईंको र मेरो क्षमताको प्रदर्शन अलग स्वरूपमा हुन्छ।
जस्तो- त्यो वटवृक्षका अत्यन्त थोरै वीजहरूले मात्र बिरुवा हुने र एकादुईले मात्र वृक्ष हुने अवसर पाउँछन्।
वातावरणीय र अन्य धेरै कारणले बाँकी असंख्य वीज र बिरुवा वृक्ष बन्नै नपाई नष्ट भएर माटोमा मिल्छन् र अर्को बिरुवालाई ठूलो वृक्ष बन्न मलखादको रूपमा आफ्नो अस्तित्वको समाप्ति रोज्न बाध्य हुन्छन्।
तपाईंले राष्ट्रको लागि धेरै ठूलो योगदान गर्नुभएको छ।
धेरै वैज्ञानिक, इन्जिनियर र ज्ञानविज्ञानको क्षेत्रमा काम गर्नेहरूलाई सहयोग गर्नुभएको छ, तर उनीहरूमध्ये धेरैधेरैको प्रतिभा विशाल वटवृक्षका अनगिन्ती वीज र बिरुवाजस्तै खेर गएको वा तिनको प्रतिभाले आकार पनि लिन नपाउँदै सधैंसधैंका लागि बिलाएर गएनन्् भनेर के तपाईं निश्चितरूपमा भन्न सक्नुहुन्छ ? '
कलामलाई उक्त पत्र लेख्ने मानिस प्रेसिडेन्सी कलेजकै जीव विज्ञानका एमफिलमा अध्ययन गर्दै गरेका छात्र टी सरभनन थिए।
टी सरभननले अब्दुल कलामलाई जे सोधे, त्यो हरेक नेपाली युवाको प्रतिनिधि प्रश्न हो ! त्यो प्रश्न नेपालका हरेक शिक्षक, प्राध्यापक, शिक्षाविद्, शिक्षामन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूका लागि पनि प्रश्न हो —किन कुनै वीज र बिरुवाले वृक्ष बन्ने अवसर पाउँछन् र अन्य हजारौंहजार माटोमा मिलेर अर्को आफूजस्तै अन्य बिरुवाको लागि पोषकतत्व भएर समाप्त हुनुपर्ने नियति रोज्न बाध्य छन्?
प्रश्न सुशील कोइराला, खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरूलाई पनि हो-किन उनीहरूलाई ठूला वृक्ष बनाउन हजारौं युवाले आफ्नो रगत, पसिना, जीवनका सबै आशा, अपेक्षा, सपना, चाहना, ऊर्जा र प्रतिभालाई उर्वरकको रूपमा माटोमा बिलाइदिनुपरेको हो ? उनीहरूको त्यो महत्वकांक्षाको लागि हजारौंले किन प्राणकै आहुति दिनुपरेको हो ?
अनि त्यही प्रश्न मुलुकको भाग्य र भविष्य कोर्ने हैसियतमा संविधानसभामा पुगेका ६०१ जनालाई पनि हो-हजारौंहजारको त्यो नियति बदल्न उनीहरू के गरिरहेका छन्?
अब्दुल कलाम आफ्नो एउटा पुस्तकमा सरभननको प्रश्नको सन्दर्भमा लेख्छन्- मुलुकका हरेक नागरिक वटवृक्षका वीजजस्तै हुन्।
प्रजातन्त्र र सुशासनले मुलुकमा निर्माण गर्ने शक्तिले सबै नागरिकलाई उन्नति गर्ने, आफ्नो क्षमता प्रदर्शन गर्ने र आफ्नै बलमा वृक्ष बन्ने समान अवसर उपलब्ध गराउँछ।
यसको अर्थ हरेक नागरिक आफूमा अन्तर्निहित क्षमताको बलमा आफ्नो भविष्य दृष्टिअनुरूप मुलुकको उन्नतिमा सशक्त भूमिका निर्वाह गर्न समर्थ हुन्छ।
यो प्रक्रियामा उनीहरू कसैले आफूभन्दा योग्य कसैलाई अघि बढ्न र सफलता हासिल गर्न सघाउन सक्छन्् र यसबाट उत्पन्न हुने हजारौं गुणा बढी ऊर्जाले समग्र मुलुकको विशाल उन्नति, प्रगति र सफलताको रूपमा रूपान्तरण हुन पुग्छ।
त्यसकारण हरेक नागरिकरूपी वीजलाई वृक्ष बन्ने र हुर्कने राम्रो अवसर उपलब्ध गराइनु पर्दछ। जुन वीज र बिरुवा वृक्ष बन्न सक्दैन, जुन वीज र बिरुवा उर्वरकमा रूपान्तरण भएका हुन्छन्, तिनले पनि आफ्नो योगदानको कदर र सम्मान भएको देख्ने, अनुभव र सन्तोष गर्ने अवसर पाउनै पर्दछ ।
त्यसैले प्रश्न हो ! संविधानसभाले त्यो अवसर निर्माण गर्ने संविधान बनाउँदै छ ?
गरिबी र समृद्धि दुवैको कारण नियति होइन, नीति हो
माथि सरभननले कलामलाई जे प्रश्न सोधे र त्योबारे कलमले जे लेखे, त्यसको अन्तर्यमा मुलुकका हरेक व्यक्तिलाई विकास प्राप्त गर्ने, उपभोग गर्ने र विकासमा साझेदारी गर्ने अधिकारको सुनिश्चित हो।
विकाससम्बन्धी अधिकारबिना अन्य कुनै पनि मानव अधिकार असान्दर्भिक र अर्थहीन हुन्छन्।
तान्जानियाका राष्ट्रपति जुलियस न्येरेरेले आफ्नो अध्यक्षतामा तयार पारेको एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनमा विकासलाई मानिसमा अन्तर्निहित शक्ति अनुभूत गराउने, आत्मविश्वास बढाउने र मर्यादित र पूर्ण जीवन जिउन सामथ्र्य प्रदान गर्ने प्रक्रियाको रूपमा उल्लेख गरेका छन्।
मानिसलाई गरिबी, अभाव तथा राजनीतिक, आर्थिक र सामाजिक शोषण तथा दमनबाट मुक्ति दिने प्रक्रिया नै विकास हो भन्ने न्येरेरेको परिभाषालाई संसारका बहुसंख्यक विकासविद्हरूले श्रेष्ठ परिभाषाको रूपमा स्वीकार गरेका छन्।
हो, विकासको चरित्रको एउटा स्तरले नै राजनीतिक स्वतन्त्रतालाई अर्थ र शक्ति दिन्छ। विज्ञान र प्रविधिको क्षेत्रमा भएको महाविकास, विस्तार र प्रगतिले सबैका लागि समृद्धि सम्भव गराएको छ।
गरिबी र समृद्धि दुवैको कारण नियति होइन, नीति हो भन्ने साबित भएको छ। त्यसैले अघिल्ला दुई हजार वर्षमा नभएको समृद्धि विश्वले गएको सय वर्षको अवधिमा हासिल गरेको छ।
त्यो सय वर्षमध्ये पनि पछिल्ला चार दशक महानतम् साबित भएका छन् र विश्वमा गरिबी निवारण र समृद्धि निर्माणका विराट कीर्तिमान स्थापना भएका छन््।
भूमण्डलीकरणले समृद्ध र विकसित मुलुकलाई ऊर्जा, यातायात, सञ्चार, कृषि, उद्योग, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा जुन स्तरमा विज्ञान र प्रविधि उपयोग गर्ने सुविधा उपलब्ध गराएको छ, गरिब राष्ट्रहरूलाई पनि त्यो सुविधा त्यसरी नै उपलब्ध छ।
त्यसैले २०औ-५० वर्षअघि हामीजस्तै वा हामीभन्दा धेरै प्रतिकूल अवस्थाका मुलुक हामीले हेर्दाहेर्दै धेरै समृद्ध र शक्तिशाली भएका छन्।
आजको युगमा ज्ञान, विज्ञान, सूचना र प्रविधिमाथि कुनै व्यक्ति, वर्ग, समूह वा राष्ट्रको एकाधिकार छैन। त्यस्तो एकाधिकारको अनुपस्थितिले नै ज्ञान र विज्ञान तथा प्रविधिमार्फत सबै व्यक्ति र राष्ट्रलाई उन्नति र समृद्धि सजिलै सम्भव गराएको हो।
आर्थिक र सामाजिक जीवनमा विज्ञान र प्रविधिको सफल उपयोगद्वारा विश्वले आर्जन गरेको सम्पत्ति र समृद्धि अकल्पनीय छ। आज को धनी हो र को गरिब हो ? त्यसको सन्दर्भ र परिभाषा नै बदलिएको छ।
आर्थिक विकास र समृद्धिका लागि भूगोल वाधक हैन र प्राकृतिक सम्पदाको प्रचुरता पनि विकास र समृद्धिको आधार होइन भन्ने हामी आफैंले र दुनियाँले साबित गरिसकेका छन्।
भूगोलका सीमा र अभावलाई सम्भावना र अवसरमा रूपान्तरण गर्ने दृष्टि, सोच, नीति र कार्यक्रमहरूको अभाव पक्कै बाधक हो।
मुख्य कुरा, उपलब्ध प्राकृतिक साधनको उत्तम र दिगो उपयोग गर्न आवश्यक ज्ञान, सीप र प्रविधि निर्माण, विकास, संयोजन र हस्तान्तरण कौशल तथा त्योसँग जोडिएर आउने राज्य नीति र नेतृत्व हो।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको झ्याम्टा बजाएर भजन (बालुन र देउसी) गाउँदै आउने संविधानले श्रीमान् गम्भीर नेपालीको राजनीतिक संस्कृतिलाई रामवरण, सुशील, ओली र प्रचण्ड संस्कृतिले रूपान्तरण मात्र गर्ने हो, मुलुकलाई उर्जायुक्त जीवन र गति दिने होइन !
वर्षौंदेखि हामी अर्थहीन विवादमा रुमलिएका छौं । हाम्रा राजाहरू किन बेलायत, जापान र नर्वेका जसैगरी संवैधानिक मर्यादाभित्र बस्न सकेनन्?
हाम्रा नेताहरू किन लि क्वान यु, देङ स्याओ पिङ, पाक चुङ ही, नरसिंह राव र नरेन्द्र मोदी हुन सकेनन्?
टाढा नजाऊँ रे लौ, हाम्रा विश्वविद्यालयहरू किन बनारस हिन्दु विश्वविद्यालय र दिल्ली विश्वविद्यालयसम्म हुन सकेनन्?
हामीकहाँ किन मेदान्त र अपोलो अस्पतालहरू छैनन्् ? किन नेपालमा जमशेदजी टाटा, धिरुभाइ अम्बानी र नन्दन निलेकनीहरू जन्मिएनन्।
किन कुनै निर्विवाद निष्ठा तथा इमानदार छवि र क्षमताका मन्त्री र सांसद हामीले पाउन सकेनौं ?
के छेक्ने राजा मात्र हुन् ? के रोक्ने भारत मात्र हो ? के राज्यको एकात्मकताले खोसेको हो ?
के हिन्दु धर्मले अवरोध पुर्याएर हो ? छेकेको, खोसेको र रोकेको हाम्रो राजनीतिको चरित्रले हो ! अझै छेक्दै, रोक्दै र खोस्दै छ !
सबाल केवल राजनीतिक इच्छाशक्तिको हो
हाम्रो राजनीतिक र सामाजिक नेतृत्वको सोच र संस्कृतिमा जनता अटाएकै छैनन्। राजनीति दिशाहीन र दृष्टिहीन छ। राजनीतिक नेतृत्वमा मुलुकको लागि इच्छाशक्ति नै छैन।
हाम्रो अर्थतन्त्रको आकार सानो छ, अराजक औद्योगिक वातावरण छ, स्कुल, अस्पताल, विश्वविद्यालय, न्यायालय र मन्दिरसम्ममा पनि खपिनसक्नु दलीय राजनीतिको दुर्गन्ध छ।
राजनीति भनेको दल खोल्नु, दल चलाउनु र दलको झोला बोकेर जीविका धान्नु हुँदै होइन। राज्यकोषको दुरुपयोगद्वारा राजनीतिक सौखमा मग्न हुनु र कार्यकर्तालाई त्यही सौखमा पाल्नु त झन् होइन।
प्रजातन्त्रको पुनस्र्थापना भएको अढाई दशक भयो, मुलुक लोकतान्त्रिक गणतन्त्र भनिएको पनि एकदशक हुन लाग्यो तर राजनीति मुलुकको विकास र समृद्धिको मार्गचित्र कोर्ने र सबैका लागि विकास, न्याय, समृद्धि र सुरक्षा उपलब्ध गराउने स्तरको सोचमा पुगेकै छैन।
आधुनिक ज्ञान र प्रविधिहरूको उत्तम उपयोगद्वारा विश्व बजारमा प्रतिस्पर्धायोग्य र हरेक उपभोक्ताले गर्व गर्नलायक वस्तु र सेवा उत्पादन गर्न हामी किन सकिरहेका छैनौं ?
यो अभावलाई हटाएर देशभित्र र बाहिरका निजी क्षेत्रसँगको गहन र बृहत् सहकार्यद्वारा आधुनिक विज्ञान र प्रविधिलाई कुशलतापूर्वक उपयोग गरेर अन्तर्राष्ट्रिय बजारमा माग हुने सेवा र वस्तु उत्पादन गर्ने क्षमता आर्जन नगरी कसरी देश उठ्छ?
यसका लागि ठूलो धनराशि हैन, ठूलो सोच र इच्छाशक्ति चाहिन्छ। मुलुकका औद्योगिक-व्यावसायिक र शैक्षिक प्रतिष्ठानहरूलाई सोअनुरूप नीति र कार्ययोजनाहरूमा संलग्न गराई विकसित देशका त्यस्तै प्रतिष्ठानहरूसँग सहकार्य र साझेदारी गर्न मुलुकको प्रतिबद्धता सुनिश्चित गराउने राज्य नीतिको ढोका संविधानसभाले खोल्न सक्छ ?
निर्बाध ऊर्जा, यातायात, सञ्चार, वित्तीय सुविधा, पर्याप्त जलआपूर्तिद्वारा उद्योग र बजार विकासका भरपर्दा संरचना विकास नगरी आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरेर लगानी सुरक्षाका निश्चित संवैधानिक प्रत्याभूति गरेर औद्योगिक शान्ति र व्यवस्था कायम गर्ने सामर्थ्य विकास नगरी, श्रम गतिशीलता र उत्प्रेरणाका नीति अवलम्बन नगरी र पर्याप्त उत्पादन वृद्धि गरेर राज्य कोष भर्ने कुन नीतिलाई अवलम्बन गरेर सबैका लागि रोजगार र बेरोजगार भत्ताको व्यवस्था गर्ने हिम्मत संविधानसभाले गरेको हो?
हामी त्रासदीय चुनौतीहरूको माझमा छौं। हाम्रो अत्यन्त अराजक राजनीतिक संस्कृति र अभ्यासको चरित्रले प्राकृतिक र वातावरणीय संकट, विश्वव्यापी आतंकवाद, अत्यन्त अस्थिर विश्व व्यवस्था र क्षेत्रीय परिवेश मात्र होइन, हाम्रा अत्यन्त महत्वकांक्षी र शक्तिशाली ठूला छिमेकीहरूसँग पनि सन्तुलित सम्बन्ध कायम गर्ने क्षमता विकास गर्न दिँदैन।
उपरोक्त चुनौतीहरूलाई सम्बोधन गर्न पहिला आम नेपाली जनतामा आशा जगाउनुपर्ने हो, राज्य अंग र मुलुकको राजनीतिक नेतृत्वप्रति विश्वास र भरोसा बढाउनुपर्ने हो। आमजनतालाई सपना देख्न सघाउनुपर्ने र सबैभन्दा ठूलो कुरा राजनीतिप्रति जनताको विश्वास र सम्मान निर्माण गर्नुपर्ने हो।
राजनीतिलाई पेसा, उद्योग, व्यापार तथा कमाउधन्दाको रूपमा रहन दिउन्जेल त्यसो गर्न सकिँदैन।

कथित नेताका कृतदास बनेर उनीहरूकै गुटबाट आरक्षणको थाङनामा बेरिएर राजनीतिको कालो बजार चलाइरहेका समूहको निजी महत्वाकांक्षाको लागि होइन, सबै पिछडिएका समूह र वर्गलाई समृद्धि, स्वाभिमानका साथ जिउने सामथ्र्यको अवसर र सम्भावनाको ढोका संविधानसभाले बनाउने नयाँ संविधानले खोलिदिन सक्छ?
संसारको सबैभन्दा पुरानोमध्येको देश नेपालले (एक्काइसौं शताब्दीको विश्वको सबैभन्दा नयाँ संविधानसभा (साँच्चैको संविधानसभा हो भने उसले लेख्ने भनिएको संविधानले माथिका प्रश्नलाई सम्बोधन गरेकै हुनुपर्दछ।
संविधान कुनै दल, जाति, वर्ग र क्षेत्रको टोपी, गम्छा भिरेर वा मजेत्रोको सप्को हालेर मुलुकमा उपलब्ध सबै अवसर लुँड्याउनेहरूको लागि होइन, पाखुरा बजाएर खाने तथा सिर्जना र उद्यमशीलताले नेपाली अर्थतन्त्रमा प्राण भर्न सक्नेहरूका लागि हुनुपर्दछ !

###
0 comments
Write Down Your Responses