ट्वाइलेटमा बमको सूचना देखेपछि टर्किस जहाज दिल्लीमा आपतकालिन अवतरण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :दिल्लीमा आपतकालिन अवतरण गरिएको टर्किस जहाज
दिल्ली : विमानभित्र बम भएको धम्कयुक्त सन्देश प्राप्त भएपछि टर्किस जहाजलाई दिल्लीमा आपतकालिन अवतरण गरिएको छ।
चालक दललाई बम सम्बन्धी यस्तो सूचना बाथरुमको मिररमा देखेपछि विमानलाई आपतकालिन अवतरण गरिएको हो। मिररमा लिपिस्टले बिमानको कार्गो होल्डभित्र बम रहेको लेखिएको थियो।
बैंककबाट इस्तानबुलका लागि उडेको विमानभित्र बम भएको सूचना पाएपछि डाइभर्ट गरेर दिल्लीमा अवतरण गराइएको समाचार एजेन्सीहरुले जनाएका छन्।
अवतरणपछि अहिले जहाज र विमानस्थल क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै कडा चेक जाँच भइरहेको छ। अहिलेसम्म बम फेला परेको छैन।
विमानस्थलमा बम डिस्पोजलको विशेष टोलीसहित अग्नि नियन्त्रण टोली तैनाथ छ। विमानमा १ सय ४८ यात्री सवार छन्। विमानमा तालिम प्राप्त कुकुरसहितको सेनाको टोलीले खोजतलास गरिरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानभित्र बम रहेको भन्दै पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई सूचना दिएपछि आपतकालीन अवतरणका लागि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले अनुमति दिइएको थियो। एजेन्सी

###
0 comments
Write Down Your Responses