साउन १५ भित्रै संविधान ल्याउन मुख्य चार दलबीच सहमति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ : साउन १५ भित्रै संविधान ल्याउन मुख्य चार दलबीच सहमति भएको छ।सभाध्यक्ष सुवास नेम्वाङको पहलमा चार दलका मुख्य नेताहरुबीच  भएको छलफल यस्तो सहमति भएको हो।


संविधानको मस्यौदामाथि संविधानसभाभित्र छलफल चलिरहँदा साउन १५ भित्र संविधान ल्याउन गर्नपर्ने तयारी र कार्यतालिकाबारे चार दलका शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ।


सभाध्धक्ष नेम्वाङले आइतबार र सोमबार पनि विभिन्न चरणमा दलका नेताहरुसँग परामर्श र छलफल गरेका छन्। संविधानसभा भवनमा सोमबार बसेको बैठकमा सहभागी चार दलका नेताहरुले अब कुनै अलमल नगरी साउन १५ भित्र संविधान ल्याउनुपर्नेमा जोड दिएका थिए। सानतिना विरोध र प्रतिरोधमा अल्झिन नहुनेमा चारै दलका नेताहरु सहमत देखिएका छन्।

बैठकमा  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका  सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) नेपालका अध्यक्ष विजयकुमार गच्छदार, एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल सहित प्रमुख चार दलका नेताहरुको सहभागिता थियो।

संविधानसभा भवन नयाँ बानेश्वरमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा भएको छलफलमा सभाका बैठकमा हाल ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल दुई दिनभित्र सम्पन्न गरेर जनतामा रायका लागि जाने विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी नेकपा (एमाले) का प्रमुख सचेतक खरेलले साउन १५ लाई समयसीमा मानेर अघि बढ्ने सहमति भएको बताए। उनले भने, जनताको रायसहित एकीकृत र अन्तिम मस्यौदा बनाउने बारेमा छलफल भएको छ।

सभाध्यक्ष नेम्वाङले साउन १५ भित्र संविधान जारी गर्न सकिने समयतालिकासहितको प्रस्ताव चार दलका नेताहरुसमक्ष राखेका थिए। उनले राजनीतिक तहमा समझदारी भएर फटाफट काम भएमा प्रकिया र प्राविधिक कारणले अल्झिनुपर्ने अवस्था नरहेको नेताहरुसमक्ष राखेका थिए।

गत शनिबार नै जनताको राय लिने विधि, समय र संविधान जारी गराउन साउन १५ सम्मको समयसीमा राखी गृहकार्यका लागि नेताहरूलाई आग्रह गरेका थिए। 
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z