प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना खुल्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल प्रहरीले रिक्त रहेका प्रहरी सहायक निरीक्षकको पदमा दरखास्त आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ५३ जना आवश्यक रहेको भन्दै दरखास्त आव्हान गरेको हो ।
खुल्लामा ८२ जना, अमर र असक्त प्रहरीका परिवारबाट ३ जना, आदिवासी जनजातिबाट २१ जना, मधेसीबाट १९ जना, महिलाबाट १४ जना, दलित बाट १० जना, पिछडिएका क्षेत्रबाट ४ जना गरी १ सय ५३ जना प्रहरी सहायक निरीक्षकको माग प्रहरीले गरेको छ ।
२०७२ साउन १ गतेबाट २०७२ साउन ३० गतेभित्र दरखास्त आवेदन गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी, पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर, अञ्चल प्रहरी कार्यलयहरु मेचीको चन्द्रगढी, कोशीको धरान, सगरमाथाको राजविराज, जनकपुर, नारायणीको विरगञ्ज, बाग्मतीको बनेपा, लुम्बिनीको भैरहवा, धवलागिरीको वाग्लुङ, राप्तीको तुल्सीपुर, कर्णालीको जुम्ला, भेरीको नेपालगञ्ज, सेतीको धनगढी, महाकालीको महेन्द्रनगर, जुनियर प्रहरी अधिकृत शिक्षालय मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र वुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्ज र सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलका प्रहरी कार्यालयहरुमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
२०७२ असार २३ गते निकालिएको विज्ञापन रिक्त रहेका पदहरुका लागि नयाँ आवेदन माग गरेको प्रहरीको सुचनामा जनाइएको छ।

###
0 comments
Write Down Your Responses