भारतबाट झण्डै १३ हजार मेट्रिक टन ग्यास नेपाल भित्रियो !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाइल तस्बिर
काठमाडौं । दैनिक जसो विभिन्न सञ्चार माध्ययममा ग्यास बुलेट र इन्धन आएको खबर पाएपछि खुसी व्यक्त गर्ने सर्वसाधारणले चुल्हो बाल्न नसकेपछि नेपाल भित्रिएको इन्धन कहाँ जान्छ भनेर सोध्ने गरेका छन् । तर, नेपाल भित्रिएको इन्धन वास्तबमै कसले र कहाँ लैजान्छ ? आएको र भएको इन्धन सर्वसाधारणले सुहज ढंगले किन पाउन सकेका छैनन् ? नेपाल आयल निगमको तथ्यांकमा दैनिक रुपमा ग्यास र इन्धन भित्रिएको तथ्यांक समावेश गरिएको छ ।
भारतको अघोषित नाकाबन्दीपछि मात्रै १२ हजार ९ सय ३ मेट्रिक टन ग्यास नेपाल आएको तथ्यांकमा उल्लेख छ । यसरी हेर्दा भारतीय नाकाबन्दीपछि ७ सय १५ बुलेट ग्यास नेपाल भित्रिएको देखिन्छ । एउटा बुलेटमा १८ मेट्रिक टन ग्यास हुन्छ । एक बुलेट ग्यासबाट १ हजार २ सय ५० सिलिन्डर भरिन्छन् । सरकारले भनेझैं आधा सिलिन्डर मात्रै ग्यास भर्ने हो भने पनि एक बुलेटबाट २ हजार ५ सय उपभोक्तालाई पुग्छ । तर उपभोक्ताले भने जति नै ग्यास आए पनि पाएका छैनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

###
0 comments
Write Down Your Responses