सर्लाही चुरेभावरको कब्जामा, सम्बोधन गर्न आएका राजेन्द्र महतो गोली चलेपछि फरार !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रहरीले गोली चलाएको महतोको आरोप
सर्लाही, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चा नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही आइपुगेको सूचना पाएपछि चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले प्रतिकार गरेका छन् ।
चुरेभावरको प्रतिकारपछि सर्लाहीको नवलपुरमा मोर्चाले आयोजना गरेको आमसभास्थलमै झडप भएको छ । झडपलाई नियन्त्रणमा प्रहरी हवाई फायर समेत गरेको छ । प्रहरीको गोली लागेर चार जना घाइते समेत भएका छन् । चुरेभावरले प्रतिकार गर्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि राजेन्द्र महतो बाटोबाटै फर्किएका छन् ।

मोर्चाको आमसभास्थल सर्लाहीको नवलपुरलाई चुरेभावरले कब्जामा लिएको छ । चुरे भावर राष्ट्रिय एकता पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका कमान्डर दीपमान लोप्चनले प्रहरीले गोली चलाउँदा राजेन्द्र महतो बाटोबाटै फरार भएको बताए । उनले भने- ‘मञ्चमा उनको(राजेन्द्र महतो) नाम लिनेवित्तिकै प्रहरीको घेरा तोडेर हामी प्रतिकार उत्रियौ । दुबै पक्षबीच झडप भयो । त्यसपछि हामीले गोलीको आवाज सुन्यौ । प्रहरी घेरामा रहेका राजेन्द्र महतो माथिबाटै भागे ।’
गोली चलेपछि प्रदर्शनकारीबीच भागाभाग भएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले नवलपुरमा गोली चलेको बताए । यता राजेन्द्र महतोले भने विरोधसभामा प्रहरीले गोली चलाएको आरोप लगाएका छन् ।
Morchaयसअघि मोर्चाले राजमार्गमा नै विरोध सभा गर्ने तयारी गरेको थियो । चुरेभावर राष्ट्रिय पार्टीले राजमार्ग अवरुद्ध नगर्न चेतावनी दिएपछि मोर्चाले नवलपुरमा विरोध सभामा सारेको थियो । गोली चलेपछि मोर्चाका कार्यकर्ता तितरबितर भएका छन् । नवलपुरलाई चुरेभावरका कार्यकर्ताले कब्जा गरेर प्रदर्शन गरिरहेका छन् ।
मोर्चाले आमसभा गरेको क्षेत्र चुरेमा पर्छ । चुरेभावर पार्टी चुरेभावर प्रदेश माग्दै आन्दोलन गरिरहेको छ । र उसले चुरेभावर प्रदेशभित्रको क्षेत्रमा नारा, जुलुस, विरोधसभा, बन्द, हड्ताल गर्न रोक लगाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z