के तपाईँ सुनौली आएर भन्न सक्नुहुन्छ - यो नाकाबन्दी हैन भनेर?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुनौली : भारत सरकारले ठूलै स्वर गरेर भन्दै आएको छ – नेपालमा हामीले नाकाबन्दी गरेका छैनौँ। तर नेपालमा भने खाना पकाउने ग्यास, पेट्रोल तथा औषधीसमेत दैनिक अत्यावश्यक वस्तुका लागि पनि तनाव र भागदौडको अवस्था छ।
सुनौली बोर्डरमा उभिएर हेर्दा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नियन्त्रित र सभ्य भएर दिएको बयान झुठा भएको स्पष्ट हुन्छ।
वास्तवमा भन्ने हो भने यो नियन्त्रित नाकाबन्दी हो, जसको रिमोट कन्ट्रोल माथि कसैको हातमा छ। यहाँ तल उसको नाममा धेरै खेल भइराखेको छ।
विदेश मन्त्री स्वराजले संसदमा भनेकी थिइन् – भारतबाट जाने ट्रकहरुलाई नेपालका मधेशी आन्दोलनकारीहरुले रोकेर राखेका छन्।
सुनौली सीमामा कुनै आन्दोलन छैन। तर पनि दुई तीन दिनमा एक पटक निर्धारित संख्यामा ट्रक नेपाल छिर्न दिइन्छन्। यिनीहरुको १४ किलोमिटर लामो लाइन नौतनवाबाट धेरै अगाडि पुगेको छ। जबकि बस तथा अन्य सवारी साधनको आउजाउमा भने कुनै रोक लगाइएको छैन।
त्यसो भए ट्रक किन रोकियो त?
यो एउटा मात्र प्रश्न हैन धेरै प्रश्नको जवाफमा भन्सार तथा सशस्त्र सुरक्षा बलका अधिकारीहरु भन्छन् – यो सबै माथिको आदेशमा भइरहेको छ।
माथि कसको आदेशबाट? यस्तो प्रश्न सोध्दा उनीहरु यसरी हाँस्छन् जसको अर्थ लाग्छ – 'के तपाइँ वास्तवमै यस्तो सोझो हुनुहुन्छ, नेपालका पाँच वर्षको बच्चाले समेत आरोप लगाउँछ, अनि तपाइँ यसरी सोध्नुहुन्छ?'
जब नेपाल गएर यो प्रश्न सोधिन्छ, उनीहरुको जवाफ अचम्मित तुल्याउने खालको हुन्छ। 'कस्तो छिमेकी हो तपाइँ? उनीहरु यसरी जवाफ दिन्छन् मानौँ म पत्रकार होइन भारत सरकारको प्रतिनिधि हुँ।'
उनीहरु थप्छन् – हामीले संविधान भर्खरै बनाएका छौँ र तपाइँहरुलाई संशोधन गराउनै हतार छ। हामीले मानेनौँ भनेर तपाइँहरुले हाम्रो दानापानी बन्द किन गर्न थाल्नुभयो?
भन्सार अधिकारीहरु दावी गर्छन् हरेक दिन झण्डै सय ट्रकलाई जाँच पास गरेर नेपाल पठाइएको छ। तर कुन ट्रक पठाउने, कुन नपठाउने भन्नेमा खेलो छ। त्यहाँ भेटिएका प्रहरी जवान खेलो भएको कुरा सुनाउँछन्।
महाराजगञ्ज जिल्लाका सडक र नौतनवामा इण्डियन आयल कर्पोरेसन तथा नेपाल आयल कर्पोरेसनका खाना पकाउने एलपिजी ग्यास बोकेका ट्रकहरुको मुख्य लाइनबाट बाहिर निकालेर मैदानमा राखिएको छ।
औषधी बोकेका ट्रकहरुलाई भने प्राथमिकताको आधारमा निकालिएको छ। तर पेट्रोल, डिजेल तथा ग्यास लैजाने ट्याङ्करहरुलाई प्रहरीले रोक्छ। यस्तै मार्बल, कार र बाइक बोकेका ट्रकहरुलाई भने नेपाल छिर्न दिइएको छ।
नेपालमा सर्वाधिक समस्या इन्धनको छ। ट्याङ्करहरुको लाइनहरुमा छिरेर तमासा हेर्नेहरुले पनि भन्न सक्छन् – भारत नेपालको आवतजावत बन्द गरेर उसलाई निरीह बनाउन चाहन्छ।
ट्रक ड्राइभर बताउँछन् – दुई महिनादेखि रोकिएका ट्रक मध्ये कुन पठाउने कुन नपठाउने- यो निर्णय दिन पनि प्रहरीले पैसा लिन्छ। पैसाको रेट पनि छ। सामान्य ट्रक छ भने ३ सय, ठूलो ट्रकलाई ५ सय। कन्टेनर पास गराउनु पर्यो भने यो भन्दा धेरै। किनकि एउटा कन्टेनर एक दिन बाटोमा रोकियो भने जसले सामान मगाउँछ त्यो कम्पनीले झण्डै १३ हजार गुमाउँछ।
अहिले सुनौली बोर्डरको सडक तथा नौतनवा रेल्वे स्टेसनमा अनुमानित झण्डै २० अर्बको सामान फँसेको छ। ट्रकहरु समान उतारेर सानो गाडीमा र ठेलामा राखेर भारतबाट पार गराउने कोसिसमा लागेका छन्।
नेपालका ब्यापारी तथा कारखानाहरु अहिले आफ्ना अर्डरहरु रद्द गरिराखेका छन्। किनकी कसैलाई थाहा छंन नाकाबन्दी कहिले सकिन्छ।
भ्रष्टाचारको आरोप लागेका पुलिसहरु जवाफमा भन्छन् – हामीलाई बिनासित्तीमा बदनाम गरिदैँछ।
पुलिसहरु भन्छन् – हाम्रो अफिसरहरुलाई केन्द्र र युपी सरकारका मन्त्रीहरु अरु ठूला नेताहरुको आदेश आउँछ। उनीहरु फोन गर्छन् अनि भन्छन् कुनै विशेष उद्योगपतिको ट्रकलाई जान दिनु। तब ती गाडीहरु आदेशका आधारमा छाडिन्छन्। हामी यसरी आदेशमा लामो लाइनको बीचबाट गाडी निकाल्छौँ। तर हामीलाई भ्रष्टाचारको आरोप लाग्छ।
(बिबिसी हिन्दीमा प्रकाशित सामाग्रीको अनुवाद)

###
0 comments
Write Down Your Responses