भारतीय राजदूत रञ्जीत राय रातारात नेपालबाट ‘बेपत्ता’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर । नेपालका लागि भारतीय राजदूत रञ्जीत राय आकस्मिक रुपमा स्वदेश गएका छन् ।राजदूत राय मंगलबार साँझ अचानक स्वदेश गएका हुन् । व्यवस्थापिका सांसदको बैठकमा भारतीय राजदूत रञ्जीत रायलाई नेपालबाट देश निकाला गर्नुपर्ने मागसहित सांसदहरूले नाराबाजी गरिरहेका बेला राजदूत राय नयाँदिल्ली प्रस्थान गरेका हुन् । स्रोतका अनुसार नेपाल र भारतबीच बिग्रदै गएको सम्बन्धका विषयमा बिफ्रिङ् गर्न राजदूत राय नयाँदिल्ली गएका हुन् ।नेपालमा नाकाबन्दी लगाएर आलोचित बनेको भारतीय पक्षलाई नेपाली जनताहरूले खुब आलोचना गरेका छन् ।भारतीय पक्षले विशेष गरेर मधेसी मोर्चाको आन्दोलनलाई उचालेर नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ ।

भारतीय र भारतीय राजदूत रायको नेपालमा जमेर आलोचना भइरहेका बेला उनी अचानक नयाँदिल्ली प्रस्थान गर्नुलाई महत्वका साथ लिइएको छ ।



भारतीय राजदूत अकस्मात नयाँदिल्ली प्रस्थान गरेको विषयलाई लैनचौरले गुपचुप राखेको छ । यस विषयमा लैनचौरले औपचारिक रुपमा केही पनि भनेको छैन । साभार दैनिक नेपाल
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z