उर्जामन्त्रीको योजना: घरघरमा बिजुली, जनजनमा सेयर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने
१६ मंसिर, काठमाडौं । उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले व्यापक जनसहभागितामार्फत विद्युत् उत्पादन बढाउने बताएका छन् । त्यसका लागि उर्जा मन्त्रालयले ‘घरघरमा बिजुली, जनजनमा सेयर’ अभियान नै सञ्चालन गर्ने भएको छ ।
‘एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने योजना सफल बनाउन घरघरमा बिजुली, जनजनमा सेयर अभियान नै सञ्चालन गर्छौं’ बुधबार आफ्नै कार्यकक्षमा अनलाइनखबरसँग कुरा गर्दै मन्त्री रायमाझीले भने-‘प्रतिवद्धतापत्रमार्फत केहीदिनमै यो अभियानको नीतिगत घोषणा गरिने छ । नीतिगत घोषणापछि मोडाडिटीका बारेमा व्यापक छलफल हुन्छ ।’
जनताको सहभागिता बढाउनका लागि विभिन्न मोडलमा छलफल भइरहेको उनले बताए । निजी प्रवर्द्धक, नेपाल विद्युत प्राधिकरण र सरकार स्वयंमले निर्माण गर्ने आयोजनाहरुमा पनि सर्वसाधारण सेयरका माध्यमबाट सहभागिता बढाउने र छुट्टै कम्पनी स्थापना गरेर पनि जनताको सहभागिता बढाउने उनले जानकारी दिए ।
एक वर्षमा लोडसेडिङ हटाउनु चुनौतिपूर्ण
एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्नु चुनौतिपूर्ण कार्य भएको उनले बताए । ‘१ सय ३ वर्षमा ३ सय मेगावाट उत्पादन गर्यौं, अब एक वर्षमा ११ सय मेगावाट उत्पादन गर्नु छ’ मन्त्री रायमाझीले भने-‘यो निकै चुनौतिपूर्ण कार्य हो तर सरकार प्रतिवद्ध भएर लागि परेको छ ।’
१० वर्षमा १० हजार मेगावाट
मन्त्री रायमाझी आइतबार उर्जाको विकासमा उर्जा मन्त्रालयका प्रतिवद्धताहरु-२०७२ सार्वजानिक गदर्ैैछन् । जसमा १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गर्ने उनले बताए ।
उर्जा मन्त्रालयले १० वर्षमा ६५ सय मेगावाट विद्युत उत्पादन गर्ने योजना बनाएको थियो । मन्त्री रायमाझीले मन्त्रालयको नियमित योजनाभन्दा ३५ सय मेगावाट विद्युत थप गर्ने घोषणा गर्न लागेका हुन् ।
तीन हप्ताभित्रै उर्जा संकटकाल
सरकारले उर्जा संकटकाल घोषणा गर्ने तयारी गरेको छ । ‘आइतबार प्रतिवद्धतापत्र घोषणा गगर्ने छु र त्यसको दुई साताभित्र उर्जा संकट घोषणा गरिने छ’- उर्जामन्त्री रायमाझीले भने । सरकारले छिट्टै नै ल्ोडसेडिङ अन्त्य गर्ने आधार तयार पार्ने उनको भनाइ थियो ।
लगानी आकर्षणका लागि नीतिगत र प्रशासकीय सुधार
उर्जामन्त्री रायमाझीले जलविद्युत क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताउँदै लगानी आकर्षण गर्न सरकारले उच्च प्राथमिकताका साथ नीतिगत र प्रशासनिक सुधार गर्ने बताए । ‘एउटा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गर्न ८ वर्ष लागेको इतिहास छ । सरकारले अव यस्तो इतिहास दोहोरिन नदिन नीतिगत सुधार गर्छ’- उनले भने ।
त्यसैगरी विदेशी तथा स्वदेशी लगानीकर्तालाई जलविद्युतमा आकषिर्त गर्न नीतिगत सुधार र एउटै डेस्कबाट जलविद्युत आयोजनाका काम हुने व्यवस्था मिलाउने उनले बताए ।
स्वदेशीलाई पनि विदेशीसरह सुविधा
मन्त्री रायमाझीले जलविद्युत उत्पादन गर्ने स्वदेशी लगानीकर्ताहरुलाई पनि विदेशी लगानीकर्तासरह सुविधा उपलब्ध गराउने घोषणा गर्ने भएका छन् । स्वदेशी प्रवर्द्धकहरुले वर्षौदेखि विदेशीसरह सरकारी सुविधा उपलब्ध गराउन माग गर्दै आएका थिए ।
विद्युत उत्पादन बढाउन स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने निष्कर्श निकाल्दै मन्त्री रायमाझीले स्वदेशी लगानीकर्तालाई सहुलियत बढाउने भएका हुन् ।
तीन तहका योजना
उपप्रधान तथा उर्जामन्त्री रायमाझीले तत्काल, मध्यकाल र दीर्घकालीन योजनाहरु सार्वजानिक गर्ने भएका छन् । प्रतिवद्धतापत्रमा सौर्यलगायतका अन्य उर्जाबाट एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने र जलविद्युत उत्पादन बढाइ आगामी तीनवर्ष भित्र उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने उल्लेख गरिने छ ।
त्यसका लागि विद्युत चुहावट नियन्त्रण गर्ने, नयाँ उत्पादनलाई तीब्र गतिमा अघि बढाउने र कानूनी बाधा अड्चन फुकाउने लगायतलाई मन्त्रीले विषेश प्राथमिकता दिएका छन् ।

###
0 comments
Write Down Your Responses