नाकाबन्दीले भारतको ७९ अर्ब व्यापार प्रभावित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नयाँदिल्लीबाट पर्शुराम काफ्ले-
भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) भन्छ : अघोषित नाकाबन्दीयता भारतको मासिक ३० अर्ब रुपैयााबराबरको व्यापार प्रभावित भएको छ । तीन महिनामा मात्रै भारतबाट करिब ७९ अर्ब रुपैयााको निर्यात ठप्प छ । भारत सरकारले सुरक्षित वातावरण नभएको सूचना दिएपछि व्यापारीले सामान निकासी गरेका छैनन् ।


प्रक्षेपणअनुसार व्यापार हुन नसक्ने
भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)ले दुई मुलुकबीच यस वर्ष करिब ५ खर्ब २५ अर्ब रुपैयााको दुईपक्षीय व्यापार हुने प्रक्षेपण गरेको छ । कुल व्यापार गत वर्ष १३ दशमलब ५० प्रतिशतले बढेको थियो भने यसवर्ष २६ दशमलब ११ प्रतिशतले बढ्ने अनुमान थियो । तर, अघोषित नाकाबन्दीले व्यापार प्रभावित भएको र सीमावर्ती क्षेत्रका साना र मझौला भारतीय व्यापारी मारमा परेको फिक्कीका पदाधिकारीको भनाइ छ ।
नाका अवरोधले दुवै देशलाई नोक्सान
‘नाका अवरोधले भारतका धेरै व्यवसायीलाई ठूलो नोक्सानी भएको छ, यसको विस्तृतमा अध्ययन गर्न बााकी छ,’ फिक्कीको दक्षिण एसिया तथा अरब च्याप्टरका निर्देशक गौतम घोषले भने, ‘व्यवसायीहरूले नेपालमा आन्तरिक सुरक्षा नभएकाले सामान लैजान सकिादैन भनेका छन् । यो अवस्था हल नभएसम्म दुईपक्षीय व्यापार सन्तोषजनक हुने अवस्था छैन । यसबाट नेपाली मात्र होइन, हाम्रा सीमावर्ती व्यापारीको पनि अवस्था नाजुक भएको छ ।’
नेपाली व्यापारी बढी मारमा
घोषका अनुसार भारतीय सीमामा कतिपय सामान सडेर जाने अवस्था छ । तर, मूल्य तिर्न स्थानीय व्यापारी बाध्य छन् । ‘व्यापारीले अर्को ठाउाबाट सामान ल्याइसकेका छन् र अहिले नाकामा तीन महिनादेखि लाइन छ । उनीहरूले जहााबाट सामान ल्याएको हो, त्यहाा नि:सन्देह पैसा तिर्नुपर्छ, बिकोस् या नबिकोस् । त्यसैले यो अवरोधबाट ठूलो नोक्सान भएको छ ।’
सरकारले नै व्यापारीलाई आतंकित बनायो
आफ्नो सरकारले असुरक्षा छ भनेपछि नेपालमा सामान पठाउन नसकिएको भारतका व्यापारीको भनाइ छ । भारतका एक व्यवसायीले भने, ‘सरकारले सुरक्षा छैन, अहिले जानु ठीक हुादैन भनेपछि हामी नेपालमा जान सक्ने अवस्था भएन । सुरक्षा सरकारले दिने हो, उसैले सुरक्षा छैन भनेपछि हामीले विश्वास गर्नैपर्छ ।’
एसएसबी र भन्सार पनि असहयोगी
पानीट्यांकी–कााकडभिट्टा, जोगबनी–विराटनगर, नौतुनहवा–सुनौली, रुपैडिया–नेपालगन्ज नाकामा अवरोध छैन । तर, ती नाकाबाट भारतीय सशस्त्र सीमा बल
(एसएसबी)ले नेपालतर्फ सामान पठाउन अवरोध गरेका छन् । भारतीय भन्सार अधिकारीले पनि सहयोग गरेका छैनन् । भारत सरकारले नेपालमा असुरक्षा रहेको भन्दै मधेसी मोर्चासाग सहमति नभएसम्म सुरक्षाको वातावरण नहुने बताउँदै आएको छ ।
नाकाबन्दीले भारतीय लगानीकर्ता निराश
फिक्कीको दक्षिण एसिया हेर्ने निर्देशक गौतम घोषले नेपालको अहिलेको संकटका कारण अन्य लगानीकर्ता पनि निराश भएको बताए । उनले इन्धनको अभाव कायमै रहे भारतीय लगानीका विद्युतीय परियोजना पनि समयमा नसकिने र उत्पादन मूल्य बढ्ने बताए । थप लगानी गर्ने मुडमा रहेका व्यवसायीले पनि यो अवस्थामा इच्छा नदेखाएको उनको भनाइ छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z