२६ जना कतारी शिकारी अपहरणमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बग्दाद: अज्ञात बन्दुकधारीले कम्तिमा २६ जना कतारी शिकारीलाई अपहरण गरेको बताइएको छ ।
समावाह प्रान्तीय परिषद्का सदस्य अहमद मान्फीले एसोसिएटेड प्रेसलाई दिएको जानकारी अनुसार बुधबार बिहानै मरुभूमि क्षेत्रको विकट इलाकामा शिकारीहरुको शिविरमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
समातिएका मानिसहरुको एकिन सङ्ख्या थाहा हुन नसके पनि १९ देखि २६ जना कतारी नागरिक अपहरणमा परेको मान्फीले बताए ।
अपहृत भएकामध्ये दुई जना इराकी गुप्तचर अधिकारी पनि भएको तर उनीहरु पछि रिहा भएको मान्फीले जानकारी दिए ।
समावाह युफ्रेट्स नदीको किनारमा अवस्थित इराकको राजधानी बग्दादबाट ३७० किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाका हो ।

###
0 comments
Write Down Your Responses