स्याम्पुले कपाल नुहाउने तरिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी – नुहाउदा तपाईले प्रायः कपालमा स्याम्पु प्रयोग गर्नुहुन्छ होला । तर स्याम्पु प्रयोगको क्रममा तपाइले धेरै गल्ती गर्नसक्नुहुन्छ । स्याम्पुको उचित रुपमा प्रयोग गर्न जान्नु हुदैन भने यसले ननुहाउदा नै राम्रो हुन्छ । सामान्यतया स्याम्पु प्रयोग गर्दा हुने गल्ती यस प्रकार रहेका छन् ः
गलत स्याम्पुको प्रयोग
तपाईको कपाललाई उपर्युक्त हुने खालको स्याम्पु छनौट गर्नुपर्छ । सबै भन्दा पहिला तपाईको कपाल कस्तो प्रकारको हो भन्ने थाहा पाउनुपर्छ । सुख्खा, तेलीय जर्जर वा नरम कस्तो कपाल हो ? त्यो थाहा पाएपछि मात्र स्याम्पुको छनौट गर्नुपर्छ । आफ्नो कपाललाई कस्तो स्याम्पु उपर्युक्त हुन्छ भनेर कपाल विज्ञ वा ट्रिकोलोजिस्टसँग सल्लाह लिनुहोस । स्याम्पु र कन्डिसनर एकैचोटी प्रयोग नगर्नुहोस ।
कपाललाई राम्रोसँग नभिजाउने
कपाल नभिजाई स्याम्पु दल्नु दोस्रो गल्ती हो । स्याम्पु दल्नु अगाडि कपाललाई राम्रोसँग भिजाउनुपर्छ । कपाललाई राम्रोसँग भिजाएन भने फिज आउदैन र स्याम्पुले पनि राम्रो काम गर्दैन । बरु कपाललाई सुख्खा बनाउछ । कपालमा स्याम्पु दल्नुभन्दा दुई तीन मिनेट अगाडी कपाललाई राम्रोसँग भिजाउनुहोस ।
कपालको उचित स्थानलाई स्याम्पु नदल्नु
स्याम्पु पाए भन्दैमा सतही रुपमा दल्ने कसैकसैका बानी हुन्छ । स्याम्पु कपालका जराभित्रसम्म पुग्नुपर्छ । कपाल नभएको ठाँउमा वा तालु र निधारमा स्याम्पुको सकभर प्रयोग गर्नुहुदैन । किनकी यसले टाउको सुख्खा बनाउछ ।
बारम्बार धुने
कपाललाई दिनहुँ स्याम्पु लगाएर धुनु पनि हुदैन किनकी यसले कपाल झन सुख्खा बनाउछ । कपाल तथा जरामा भएको फोहर हटाई कपाल नरम बनाउन स्याम्पुको प्रयोग गर्नुपर्छ ।
स्याम्पुलाई छिट्टो पखाल्ने
कपालमा दलिसकेपछि स्याम्पुलाई छिटो छिटो नपखाल्नुहोस । छिटो पखाल्दा स्याम्पुले काम गर्न पाउदैन र कपालमा त्यसको असर देखिदैन । केही मिनेट टाउकोमा मिचेर मात्र स्याम्पु पखाल्नुपर्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z