ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ को हुन्?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन्। २५ वर्षे यी युवाले यसै वर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।
विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्।
यसअघि श्रीलंकालाई हराउँदा पनि नवयुगले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो। पाेस्टबाट फर्किएको बललाई विमल घर्तीमगरले प्रहार गर्दा त्याे गोलमा परिणत भएको थियो।
त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनी क्लबका लागि फरवार्डको रुपमै खेल्ने गर्छन्।
याे पनि पढ्नुहाेस्
माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल फाइनलमा

###
0 comments
Write Down Your Responses