छोरी पढाउन भन्दै शहर गएकी श्रीमती छोरीलाई विचल्ली पारेर अकैसँग गएपछि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
माघ ५, परिवारका लागि सुख खोज्दै दुई वर्ष अघि मलेसिया पुगेका रामेछापको च्यान्सिटारका दिपक थापामगरले श्रीमती सबिनाले छोरी पढाउन काठमाडौं जाने भनेपछि श्रीमती र छोरीलाई भक्तपुरमा डेरा गरि राखेका थिए ।
छोरी मनिषालाई शहरको राम्रो पढाइ हुने बोर्डिङ स्कुलमा पढाउने सपना देखेका दिपकले हुन्छ भनेपछि देवर देउरानी र ससुराले अनुमति नदिएपनि उनी घरका मानिस बालुवा लिन खोला गएको मौका पारि घर छाडेर भक्तपुर पुगेकी थिईन् । दिपकले सबिनालाई छोरीको पढाइका लागि दुई वर्षसम्ममा तीन लाख ५० हजार रुपैयाँ पठाइसकेका थिए ।
सबिना सहर आएपनि छोरीले राम्रो स्कूल पढ्न नपाएको बताउँदै यसैपाली छोरीलाई स्कुल भर्ना गर्ने सल्लाह गरे पनि त्यही छोरीलाई विचल्ली पारेर श्रीमती अर्कैसँग गएको दिपकले बताए । छोरीलाई शहरमा पढाउने दिपकको सपना अधुरै पारेर सबिनाले भक्तपुरमा उनिसँगै डेरा बस्ने घरमा अर्को कोठामा बस्ने सिन्धुपाल्चोक घर भएका एक केटासँग उनले दोस्रो विहे गरिन् ।
दिपक भन्छन् श्रीमती अर्कैसँग गएपछि नेपाल त फर्किए तर रित्तो हात । जाँदाको भन्दा पनि रित्तै भएँ । अहिले मसँग न श्रीमती छिन न यतिञ्जेल कमाएको पैसा । नेपाल फर्किएपछि दिपकले श्रीमती आफन्तको सुन चोरेको अभियोगमा माहानगरिय प्रहरी सिंहदरबारमा थुनामा रहेको थाहा पाए ।
छोरीलाई आमाको न्यानो साथ र मायाबाट अलग्याउनु पर्दा दुःखी भएका दिपक श्रीमती माथी आफूले विश्वास गरे पनि उनले आफूमाथि विश्वास नगर्दा आफुसँगै नाबालक छोरीले मानसिक पीडा भोग्नुपरेको दिपकले दुखेसो पोखेका छन् । सविनासँगै रहेकी उनकी चार वर्षकी छोरीलाई ल्याएर घर पठाएपछि दिपक फेरी मलेसिया फर्किएका छन् ।

###
0 comments
Write Down Your Responses