भारतबाट २०० मेगावाट विद्युत ल्याइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले लोडसेडिङ घटाउन अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट २ सय मेगावाट विद्यूत आयात गर्ने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिको शुक्रवार सम्पन्न बैठकमा भारतीय पक्ष उक्त प्रसारण लाइनबाट थप २ सय मेगावाट बिजुली दिन सहमत भएको हो।

ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मा र भारतीय ऊर्जा सचिव पीके पुजारी नेतृत्वमा भएको बैठकमा नेपालको लोडसेडिङ घटाउन दुई देशबीच प्रसारण लाइन नाकाबाट नेपाललाई आबश्यकता अनुसार थप विजुली दिन भारत सहमत भएको हो।

भारतबाट आयात गर्ने बिजुलीको प्रतियुनिट मूल्य ९ रुपैयाँ हाराहारी पर्छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z