मुस्लिम र बुद्धिष्ट मिलेर बनाए दुर्गा मन्दिर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गर्नेहरुलाई यसले एकता टुक्रयाउन चुनौती थपेको अर्का स्थानीय देवी खत्रीले बताईन ।

'धर्मको नाममा लडाई झगडा गराउने कार्यलाई यसले निरुत्साहित गर्ने छ,' उनले भनिन, 'हाम्रो एकतालाई पनि यसले थप मजबुत बनाएको छ ।' अहिले सम्म मुस्लिम-बुद्धिष्ट मिलेर दुर्गा भवानी मन्दिर बनाएको आफूले नदेखेको उनले बताईन ।

मन्दिर निर्माणको लागि बोलाइएको भेलामा गाउँका मुस्लिम, बुद्धिष्ट, हिन्दु धर्म मान्ने व्यक्तिहरु सहभागी भएका थिए । भेलाले मन्दिर निर्माण गर्न बुद्धिष्ट धर्म मान्ने गोविन्द तामाङको संयोजकत्वमा निर्माण समिति गठन गरेको थियो ।

सबैले मिलेर गाउँ भरीबाट चन्दा संकलन गरी १५ लाख ८३ हजार ९ सय ६५ रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको मन्दिर निर्माण समितीका संयोजक तामाङले बताए ।

'सई महम्मद लतिफले नै मन्दिर बनाउन प्रस्ताव ल्याउँदा आफू पनि आश्चर्यमा परेको उनले बताए । अन्सारीले धर्मको बारेमा स्पष्ट पार्दै आफुहरुको आँखामा लागेको धर्मको पट्टी खोलेको तामाङले उल्लेख गरे ।

सई अन्सारीले पनि मन्दिर निर्माणमा आफ्नो एक महिनाको तलब सहयोग गरेको बताए । 'सबै प्रहरी कार्यालयमा दुर्गा भवानी देवीको पुजा हुन्छ,' उनले भने, 'तर यहाँ मन्दिर थिएन ।' प्रहरी र जनताबीचको भावनात्मक सम्बन्धलाई भौतिक रुपमा प्रस्तुत गर्न, प्रहरीप्रति जनताको अपनत्व बढाउन मन्दिर निर्माण गरिएको उनले बताए ।

'प्रहरीको एउटै धर्म जनताको सेवा र शान्ति सुरक्षा कायम गर्नु हो,' उनले भने, 'हाम्रो धर्मग्रन्थ यही हो ।'

मन्दिर निर्माणमा सबैलाई एकैस्थानमा ल्याएर गाउँमा एकता कायम गराउन सई अन्सारीले गरेको कामको गाउँलेले सराहना गरेका छन ।



उक्त मन्दिरको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी देवेन्द्र सुवेदीले एक समारोहबीच मन्दिरको सोमवार उदघाटन गरेका छन् । उक्त अवसरमा सई अन्सारी सहित चन्दादाता लगायतलाई सम्मानित गरिएको थियो ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z