युएईमा नेपाली कामदारले आफ्नै भाषामा श्रम सम्झौता गर्न पाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दुबई – युनाइटेड अरब एमिरेटसमा कार्यरत नेपाली कामदारले आफ्नै भाषामा श्रम सम्झौता गर्न पाउने भएका छन् । यसअघि रोजगारदाताले मौखिक रुपमा एउटा कुरा भन्ने र श्रम सम्झौतामा अर्कै कुरा राख्ने गरेको गुनासो आएपछि युएईको श्रम मन्त्रालयले ११ भाषामा श्रम सम्झौता र जब अफर प्रदान गर्नका लागि मान्यता दिएको हो । नयाँ नियम अनुसार अंग्रेजी र अरबिक भाषामा श्रम सम्झौता गरिएको प्रति मन्त्रालयमा बुझाउन अनिवार्य रहे पनि कामदारहरुलाई उनीहरुकै भाषामा श्रम सम्झौताको दस्तावेज दिइनेछ ।
यसरी कामदारले रोजगारीका सर्तहरु राम्रोसँग बुझ्न सक्नेछन् । श्रम मन्त्री साकर घोबासको निर्देशनमा यो नयाँ नियम लागु गरिएको हो । गल्फ न्युजसँग कुरा गर्दै मन्त्रालयका एसिस्टेन्ट अन्डर सेक्रेटरी हुमैद बिन डिमासले भने, ‘जब अफर, श्रम सम्झौता र अनुसूचिका लागि अरबिक र अंग्रेजी दुई मुख्य भाषा रहने छ । यसको साथै कामदारले बुझ्ने थप एक भाषामा पनि यो गरिनेछ । यो नियम युएईमा रहेका र बाहिरबाट आएका दुवै कामदारका लागि नयाँ काम खोज्दा वा एकबाट अर्को कम्पनीमा स्थानान्तरण हुँदा लागु हुनेछ ।’ अरबिक र अंग्रेजीबाहेक बंगाली, चाइनिज, दारी, हिन्दी, मल्यालम, नेपाली, श्रीलंकाली, तामिल र उर्दु भाषामा कामदारले श्रम सम्झौता गर्न पाउनेछन् । हुमैदका अनुसार श्रममा दुवै पक्षको पारदर्शिताका लागि यो नयाँ नियम लागु गरिएको बताए । ‘कामदारले श्रम सम्झौता गर्न अघि कामको बारे र अनुसूचिको बारे आफूले रोजेको भाषामा पढ्नुपर्नेछ । यसले दुवै पक्षबीच स्वस्थ सम्बन्ध राख्न मद्दत गर्नेछ । विशेष गरेर अनुसूचि पढ्न जरुरी हुन्छ श्रम कानुनहरुका बारेमा उल्लेख हुन्छ,’ हुमैदले भने । कामदारलाई श्रम सम्झौता नबुझाई हस्ताक्षर गराइएको पाइएमा रोजगारदाता कम्पनीले २० हजार दिराम जरिवाना समेत तिराइने बताइएको छ । यसले रोजगारी अघि कामदारले आफ्नो काम र त्यसको प्रकृतिको बारेमा बुझ्न पाउनेछन् । यसअघि मौखिक सम्झौता र श्रम सम्झौताबीच भिन्नता रहेको भन्दै कामदार र रोजगारदाताबीच समस्या आउने गरेको थियो । श्रम सम्झौता र अनुसूचि मन्त्रालयको वेभसाइटमा राखिने र कामदारले आफ्नो राष्ट्रियता, पासपोर्ट नम्बर र ट्रान्ज्याक्सन हालेर अनलाइन हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

###
0 comments
Write Down Your Responses