विद्यार्थीको टाउकोमा ताकी ताकी गोली हानियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विश्वविद्यालय आक्रमणमा २५ जना मारिए
एजेन्सी : पाकिस्तानमा आतंकवादीले फेरि एक पटक आफ्नो घिन लाग्दो चरित्र देखाउँदै विश्वविद्यालयमा आक्रमण गरेका छन् ।
आतंकवादीले पेशावरमा रहेको बाचा खान विश्वविद्यालयमा बुधबार बिहानत निशाना बनाएका हुन् । विश्वविद्यालयमा रहेका करिब ३ हजार ६ सय छात्रछात्रामाथि आतंकवादीले धावा बोलेका हुन् ।
हमलाका क्रममा ज्यान बचाएका छात्रहरुले बताए अनुसार आतंकवादीहरुले ६० देखि ७० विद्यार्थीहरुको टाउकोमा ताकीताकी गोली हानेका छन् ।
विश्वविद्यालयमा रहेका छात्र, शिक्षक र अन्य मानिसलाई बचाउनका लागि सयौं सुरक्षाबलले अपरेशन चलाएका थिए ।
त्यसक्रममा आतंकवादी र विद्यार्थीहरु गरी कम्तिमा २५ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
करिब १० जनाको संख्यामा पसेका आतंकवादीले अत्याधुनिक हतियारबाट विद्यार्थीमाथि गोली हानेका थिए । आतंकवादीहरुले विश्वविद्यालयमा पसेर बम पनि पड्काएका समाचारमा जनाइएको छ।
विश्वविद्याल आक्रमणमा संलग्न कम्तिमा छ जना आतंकवादीहरु पाकिस्तानी सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार आतंकवादीले कम्तिमा ६० देखि ७० विद्यार्थीको टाउकोमै गोली हानेका हुन् । आतंकवादीले बिहान साढे ९ बजे विश्वविद्यालमा धावा बोलेका थिए ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कक्षामै पसेर आतंकवादीले विद्यार्थीमाथि गोली बर्साएका थिए । विश्वविद्यालयमा पसेर गोली बर्साउँदा शुरुमै एक प्राध्यापक मारिएका थिए ।
त्यसपछि विश्वविद्यालयमा पुगेका सुरक्षाकर्मीसँगो भिडन्तका क्रममा मारिनेको संख्या २५ पुगेको हो । विश्वविद्यालमा चलेको गोलाबारी करिब ३ घन्टापछि रोकिएको छ ।
यसैबीच स्थानीय सञ्चारमाध्यमका अनुसार यो हमलाको जिम्मेवारी तहरिक ए तालिबान समूहले जिम्मेवारी लिएको छ ।
धार्मिक शिक्षा मागिरहेको यही संगठनले सन् २०१४ मा पेशावरकै आर्मी स्कुलमा आक्रमण गरेर १३० बालबालिकासहित १४० जनाको ज्यान लिएको थियो ।

###
0 comments
Write Down Your Responses