पहिलोपटक भारतीय राष्ट्रपति कार्यालयमा फहराइयो नेपालको झण्डा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रधानमन्त्री ओलीलाई दिल्लीमा उच्च सम्मान
काठमाडौं, ७ फागुन । ६ दिने भारत भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा पहिलोपटक भारतीय राष्ट्रपति कार्यालयमा नेपालको झण्डा फहराइएको छ ।
यसअघि उच्च सम्मानका साथ भारत सरकारले प्रधानमन्त्री ओलीको स्वागत गरेको थियो । स्वागतका लागि विदेशमन्त्री सुष्मा स्वराज र आयुष राज्यमन्त्री श्रीपद् यसुन नायक नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
दिल्लीमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओली बसेको भारतको राष्ट्रपति भवनमा भारतका साथै नेपालको झण्डा फहराइएको जानकारी दिए ।
उनले सन् १९९० पछि भारतले दोस्रो पटक नेपालका प्रधानमन्त्री ओलीलाई राजकीय भ्रमणमा निमन्त्रणा गरेको र त्यसैको सम्मानमा भारतको सर्वाेच्च संस्था राष्ट्रपति कार्यालयमा नेपालको झण्डा फहराइएको बताए ।
प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको ६ दिने राजकीय भ्रमणमा भारतको राजधानी नयाँदिल्लीमा छन् । भारतका राष्ट्रपतिको विशेष अतिथिका रुपमा आवासको व्यवस्था मिलाइएको राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा प्रधानमन्त्री ओली बसेका छन् ।
भारतीय राष्ट्रपति कार्यालय (फाइल तस्वीर)
भारतीय राष्ट्रपति कार्यालय (फाइल तस्वीर)
यसैगरी प्रधानमन्त्री ओली आजै साँझ भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६आँै राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सहभागी भएका छन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीसँग भारतका विभिन्न राजनीतिक दलका नेता, नयाँदिल्लीस्थित विभिन्न मुलुकका राजदूतहरु, भारतीय उद्योगी व्यवसायीहरु र दिल्लीस्थित नेपाली समुदायले भेट गरी शुभकामना प्रकट गरेका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z