वीपीलाई हानेको गोली थापेर अपांग भयका तारानाथको काँग्रेसप्रति मन कुँडियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
लमजुङ,वीपी कोइरालालाई हानेको गोली थापेर घाइते बनेका लमजुङका तारानाथ कोइरालाले नेपाली कांग्रेस १३ औं महाधिवेशनसम्म आइपुग्दा वीपीको बिचार र चिन्तनलाई पूर्ण रुपमा तिलाञ्जलि दिएको गुनासो गर्नु भएको छ । पैसा भएका र चाकडी गर्न जान्नेले मात्रै पार्टी हाँक्ने भएकोले अब कांग्रेस बिलिन हुने डरले आफुलाई भित्रभित्रै पोलेको पनि उहाँको टिप्पणी छ ।
प्रजातन्त्रका सेनानी तारानाथ कोइराला पार्टी र राजनीतिप्रति सन्तुष्ट छैनन् । २०३६ साल असोज ८ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालालाई हानेको गोली थाप्दा घाइते हुनुभएका उहाँ त्यसबेला देखि गाउँघरमै थन्किनुभएको छ । २०३३ देखि ३६ सालसम्म लमजुङ कांग्रेसको संस्थापक सभापति भई काम गर्नुभएका कोइरालालाई २०३६ साल असोज ८ गते स्याङजामा जनमत संग्रहको बेला भएको आमशभाबाट फर्कदा प्रहरी र मण्डलेले वीपीलाई हानेको गोली लागेको थियो । त्यही गोली लागेर अपाङ्गताको जीवन बिताइरहेका कोइरालाले हिजोआज पार्टी निकै धारासायी बन्दै गएको प्रति दुःख प्रकट गर्नुभएको छ ।
वीपी कोइरालासँगै आमसभामा भाग लिन स्याङजा गएका बेला वीपीलाई लक्षित गरी हानिएको गोली कोइरालाले आफुले थाप्दा उहाँको खुट्टामा गोली लागेको थियो । जसका कारण कोइराला अहिलेसम्म पनि अपाङ्गताको जीवन बिताई रहनुभएको छ ।
लमजुङको कोइराला फाँटमा जन्मिनुभएका तारानाथ कोइराला हाल मध्य नेपाल नगरपालिकमा बस्दै आउनुभएको छ । वीपी कोइरालाले क्रियाशील सदस्यता आफुलाई दिएको भन्दै आफुले वीपीको बिचार नत्यागेको र वीपीको बिचारमा पार्टी हिड्न छाडेकोले अब पार्टी चल्न निकै अफ्ठेरो हुने बताउनुभयो । १३ औं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस र कार्यकर्ताहरुले वीपीको सिद्धान्तलाई पुरै बिर्सिसकेको उहाँको गुनासो छ ।
प्रजातन्त्र, बहुदल, लोकतन्त्र हुदै गणतन्त्रससम्म आइपुग्दा पार्टीले पटक पटक देशको नेतृत्व ग¥यो तर पार्टी कै लागि ज्यान आहुति दिदाँसम्म पनि पार्टीले आफ्ना पिरमर्का नबुझेको प्रति कोइराला भावुक बन्नुहुन्छ ।

###
0 comments
Write Down Your Responses