भारतले नेपालसँग माफी माग्नुपर्छ : पूर्व भारतीय जनरल मेहता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले नाकाबन्दीका लागि भारत सरकारले नेपाली जनतासँग माफी माग्नु पर्ने बताएका छन् । एक नेपाली टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेपालसँग चिसिएको सम्वन्ध सुधारका लागि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण महत्वपुर्ण रहेको बताउँदै उनले भने, ‘नाकावन्दी मधेसी र भारतियको संयुक्त सहकार्य हो ।’ ‘नाकावन्दीका कारण जुन दुख नेपालीले भोगे , त्यसका लागि भारतले नेपाली जनतासँग माफी माग माग्नु पर्छ’ , मेहताले भने, ‘तर नाकाबन्दीमा भारतिय जनताको भने कुनै हात छैन । यसर्थ दुई देशका जनताविचको सम्वन्धमा नाकावन्दीले कुनै असर पार्नु हुन्न ।’ भारतीयहरु दुष्ट रहेछन् भन्ने भावना हर नेपाली बालबालिकाको मष्तिस्कमा परेकाले त्यसलाई हटाउन भारत सरकारले नेपालीसँग माफी माग्नु नै उचित हुने उनको तर्क थियो । मेहता चर्चित भारतीय पत्रकार विनोद मेहताका दाई पनि हुन् ।
nepalpati
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z