जबर्जस्ती मलाई दोस्री श्रीमती बनाएर विदेश गए : आउँछु भन्थे तर उतै हराए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मेरो नाम वेदमाया गिरी हो । रामेछापको फुलासी गाविस देवीटारमा बस्छु । मेरा तीन छोरी छन् । उमेर भर्खर ३६ वर्ष भयो । मेरो विवाह देवीटारकै प्रल्हाद गिरीसँग आजभन्दा झण्डै १७ बर्ष अगाडि भएको थियो । त्यो विवाह मेरो इच्छाले नभई प्रल्हादका परिवारको जबर्जस्तीमा भएको थियो । सुन्दा पत्यार नलाग्न सक्छ, मेरो विवाह हुँदाको क्षण कुनै सिनेमाको कथा भन्दा फरक छैन ।
दिदीका छोराछोरी हेर्न बसेकी मलाई प्रल्हादका परिवारले आँखा लगाए र जबर्जस्ती विवाह गरिदिए । त्यो पनि प्रल्हादकी दोस्री श्रीमतीकोे रुपमा । त्योबला देवीटारमा कहलिएका प्रल्हादका बुबाले मलाई जबर्जस्ती दिदीको घरबाट उठाएर ल्याउँदा कसले विरोध गर्ने ? तर म त्यसको भोलिपल्टै त्यहाँबाट भागेर काठमाडौं गए । तर उनीहरु काठमाडौंसम्म पनि आइपुगे र मलाई फेरि गाउँमै नै पुर्याए । त्यसपछि त मैले आफ्नो भाग्यलाई दोष दिँदै उसै (प्रल्हाद)लाई श्रीमान स्वीकार गरेर बस्नुपर्यो । त्यतिबेला प्रल्हाद खिम्ती जलविद्युत आयोजनामा काम गर्थे, त्यही काममा उनले ८ वर्ष बिताए ।
त्यहाँबाट हुने कमाई दुई भाग लगाउनुपर्ने । एक भाग दुई छोराछोरी सहित माइतमै बसिरहेकी जेठी श्रीमतीलाई, अनि अर्को एक भाग मलाई र मेरा तीन जना छोराछोरीलाई । आफू खाने कि छोराछोरीलाई लाउने र खुवाउने म अक्क न वक्क हुन्थें । मेरो दुःख देखेर मेरा माइतीले त्यतिबेलै ८० हजारमा साढे चार रोपनी जग्गा किनिदिए । दुःख गरेर त्यही जग्गामा २ तल्ले घर बनाएँ । तर आज भन्यो, भोलि भन्यो घर कसरी चलाउने भन्ने पीरले नै सताइरह्यो । त्यसैले श्रीमानले विदेश जान्छु भन्नुभयो । मैले लगाइरहेको गहना निकालेर दिएँ ।
एजेन्टले एअरपोर्टमा काम हुने र महिनाको ४०–५० हजार आम्दानी हुने सपना देखायो । तर त्यो कमाई हुने ठाउँमा जान पैसा नै चाहियो । त्यसैले मैले फेरि माइती नै गुहारें । १ लाख ५५ हजार रुपैयाँ दलाललाई बुझाएर ४ वर्ष अगाडि उहाँ मलेसिया जानुभयो । तर उहाँले एअरपोर्टमा काम भएन । अन्तै काम गर्नुपर्यो । बेलाबेला फोन गरेर काम गाह्रो छ, कमाई हुँदैन भन्नुहुन्थ्यो । मलेसिया गएको दुई वर्षमा एकलाख रुपैंया जति पठाउनुभयो होला । विदेश जाँदा खोजेको ऋण पनि तिर्न सकिएन ।
त्यसपछि उहाँले काम गर्न सकिन, गार्हो भयो, ५० हजार जसरी पनि पठाइदिनु म नेपाल फर्किन्छु भन्नुभयो । मैले फेरि माइतीसंगै पैसा मागेर पठाइदिएँ । तर पैसा पठाएपछि त उहाँ आउनु त कहाँ हो कहाँ फोन सम्पर्क समेत टुट्यो । गाउँमा तेरो श्रीमानले त विदेशमै अर्को बिहे गर्यो भन्ने हल्ला चल्यो । बेलाबेला मैले फोन गर्दा केटीले उठाएकाले एक मनले त होला जस्तो पनि लाग्यो । तर अर्को मनले चाहिँ मेरो माया नगरेपनि छोराछोरीको त गर्नुपर्ने जस्तो लाग्यो । उहाँसँगै गएका देवर नारायणले पनि उतै बिहे गरेपछि देवरानीले पनि यहाँ अर्कैसँग बिहे गरिन । तर मैले त्यस्तो गर्न सकिन ।

2
श्रीमानसँग सम्पर्क हुन छाडेपछि आम्दानीको बाटो टुट्यो । पुरानो ऋण तिर्ने उपाय भएन । तर छोरीहरुलाई हुर्काउने बढाउने जिम्मेवारी चाहिँ थपियो । यस्तैमा देवीटारमा बिजुलीको प्रशारण लाईन तथा सव–स्टेशन निर्माणका लागि जग्गा अधिग्रहण हुने भयो । जग्गाको राम्रो भाउ आउने भयो भन्ने हल्ला चल्यो । मेरो पनि साढे चार रोपनी जग्गा र घर पनि अधिग्रहणमा पर्ने भयो ।
एकचोटी त खुशी भएँ । केही नभएको बेला अलिकति पनि राहत हुने भयो भनेर । तर त्यो पनि भएन । जेठाजुले मेरी सौतालाई त्यो त तेरो हक हो भन्दै उचालेर मुद्दा हाल्न लगाएछन । मुद्दा लडिरहनुपरेको थियो । फैसला हुनु चार दिनअघि मलाई सौता र उनका छोराछोरीलाई मार्न खोजेको आरोप लगाएर जेठाजुले नै पक्राए । त्यसैले फैसलाका बेला म उपस्थित हुन सकिन । म जान नसकेकाले फैसला सौताकै पक्षमा भयो ।
म त्यस दिन अदालतमा उपस्थित हुन सकेको भए शायद फैसला मेरो पक्षमा हुन्थ्यो कि ? पुनरावेदन पनि गरें, तर अदालतले पहिलेकै निर्णयलाई सदर गर्यो । त्यतिबेला त मरौं की भन्ने पनि लाग्यो । तर छोरीहरुले त्यसो गर्न दिएनन् । जनकपुरमा मुद्दा हेरेका मेरा वकिलले मेरो दुःख देखेर सर्वोच्चमा मुद्दा दर्ता गराइदिएको छु भन्नुभएको छ । तर मलाई थाहा छैन अब के गर्ने ? काठमाडौंमा कसको शरण पर्ने ? म पैसा दिएर वकिल राख्न सक्दिन, बिना पैसा कसले मेरो मुद्दा हेरिदिन्छ र ।
धोका दिएकाका कारण श्रीमानलाई यो मनले त्यति धेरै त सम्झिँदैन । तर तल राजमार्गमा बसबाट सुटकेश झारेर कोही मान्छे आयो भने हाम्रो बाबा पो हो कि भनेर छोराछोरीले भन्दा चाहिँ पीर लागेर आउँछ ।
मलाई श्रीमानले धेरै दुःख दिए । मेरो माया भएको भए र आत्मा शुद्ध भएको भए किन त्यस्तो गर्थे होलान् र ? त्यसैले अब त एउटै मात्र आश छ, छोरीहरु जिम्मा लगाएर म ढुक्कले मर्न पाउँ । तर श्रीमतीको मन हो जस्तो भए पनि फर्केर आउँछु मात्र भनेदेखि म जसरी भएपनि झिकाउँथे । अरु केही नभए पनि अहिलेको मुद्दा मिल्थ्यो । अनि छोरीहरुले बाउको छाया त पाउँथे ।
(सुरक्षित आप्रवासन परियोजना सामीका वरिष्ठ कार्यक्रम अधिकृत बसन्त कार्कीले वेदमाया गिरीसँग गरेको कुराकानीमा आधारित)

###
0 comments
Write Down Your Responses