प्रधानमन्त्री ओलीको भ्रमणले दिल्लीमा छुट्टै तरंग, भारतीय नेता चिन्तित ! ‘भारतले स–साना कुरामा नेपाललाई दुःख दिनुहुँदैन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्दा दिल्लीमा रहेका भारतीय नेताहरुले भने अर्कै चिन्ता जनाएका छन् ।
उनीहरुले अझैपनि नेपाल–भारत सम्बन्ध नसुध्रिने होकी भन्ने चिन्ता जनाउँदै भारत सरकालाई सबै असमझदारी अन्त्य गरेर नयाँ ढंगबाट सम्बन्ध सुधार सुझाव दिएका छन् । उनीहरुले नेपाल–भारतको बीचमा रहेका सन्धिसम्झौता पनि समयअनुसार पुनरावलोकनमा समेत मोदीको ध्यानाकर्षण गराउँदै चाँडो भन्दा सम्बन्ध सुधारमा जोड दिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि नेपाल र भारतको बीचमा रहेका असमझदारीहरु हटेर सम्बन्ध अझै प्रगाढ बनेको भारतका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले बताए ।
दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोस्यारीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फलदायी र उपलब्धिमुलक भएको बताउँदै यसले दुई मुलुकवीचको सम्बन्धमा नयाँ उचाई थपेको दावी गरे ।
उनले भने- ‘विगतमा भएका सानातिना अविश्वास हटेर गएको छ । यो भ्रमणले सम्बन्धमा कोशे ढुंगा सावित भएको छ । भारतीय जनता पार्टी यसबाट खुसी छ ।’
कांग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले भारत सरकार र भारतीय जनता पार्टीको कमजोरीले विग्रिएको सम्बन्धमा भारत सरकार नेपालसँग मिलेर जाने पक्षमा पुग्नु सकारात्मक भएको भन्दै नेपालसँग मिल्नुको भारतसँग विकल्प नभएको बताए । उनले नेपालसँगको राम्रो सम्बन्धको फाईदा भारतलाई हुने भन्दै नेपालको संविधानलाई भारतले स्वागत गरेको बताए ।
भाकपा माक्र्सबादीका महासचिव सीताराम ऐचुरीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचको कुराकानी ले दुई देशवीचको सम्बन्धलाई अझै प्रगाढ र घनिष्ट बनाएको भन्दै भ्रमणले सम्बन्ध राम्रो बनाएको धारणा राखे ।
उनले दुई देशवीचको सम्बन्ध दिगो स्थायीत्व र भरपर्दो बनाउनुपर्ने भन्दै साना कुरामा दुःख दिने काम भारतले छाड्नुपर्ने बताए ।
जनता दल यूनाईटेडका अध्यक्ष सरद यादवले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि दुई देशको सम्बन्धमा देखिएको सकारात्मक संकेतलाई अगाडि बढाएर सम्बन्धलाई दिगो र भरपर्दो बनाउनुपर्ने भन्दै नेपाल र भारतको सम्बन्ध सरकारको मात्र नभई जनताको भएकोले यसलाई अगाडि बढाउनुको विकल्प नभएको तर्क गरे ।
उनले ओलीलाई भारतले दिएको सम्मानको स्वागत गर्दै अब नेपालले आफ्ना भएका समस्या समाधान गरेर आर्थिक विकासको बाटोमा आफूलाई अगाडि बढाउनुपर्ने बताए ।

###
0 comments
Write Down Your Responses