सिटौला ‘किङ मेकर’ कि राजनीतिक स्टन्टवाज !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
 टिप्पणी ।

एमाओवादी अध्यक्ष प्रचण्डले समय समयमा भन्ने गर्छन्, “हामी तेश्रो स्थानमा छौं तर हाम्रो भूमिका पहिलो पार्टी भन्दा महत्वपूर्ण छ” । यस पटक तेश्रो राजनीतिक शक्ति बन्न पुगेको एमाओवादी पहिलो हुँदाको अघिल्लो संविधानसभामा तेश्रो शक्ति रहेको एमालेले पनि सत्ताको त्यस्तै गरी लाभ लिन सफल भएको छ । हाम्रो जस्तो हङ पार्लियामेन्ट (कुनै पक्षको पनि स्पष्ट बहुमत नहुने)राजनीतिमा तेश्रो हुनुको अर्थ हो सबैभन्दा फाइदा लिन पाइने स्थान ।

यस्तै परिदृष्य कांग्रेसको महाधिवेशनमा पनि देखियो । सभापति दौडमा तेश्रो स्थान हात पारेका कृष्ण सिटौला पार्टीको आन्तरिक राजनीतिमा ब्यवहारिकरुपमै किङ मेकरको भूमिकामा देखिए र हारेर पनि जित्ने बाजिगर बने । तर कतिपयले उनको ब्यवहारलाई केवल राजनीतिक भविष्य सुरक्षित गर्ने स्टन्टकोरुपमा अर्थ्याएका छन् । अझ उनको आलोचकको नजरमा सिटौलाले सोमबार निकालेका २ विज्ञप्ति हारको लाज पचाउने र आफ्नो पद सुरक्षित गर्ने दाउ पनि हो ।



आफू पराजित भएपछि बढेको महत्वमा बार्गेनिङ गरेर एक पक्ष च्याँप्ने अनुमान गरिएका सिटौलाले धेरैलाई (मुख्यतः रामचन्द्र पौडेललाई) चक्मा दिँदै उनले अघिल्लो मतदानमा प्राप्त मत अनुसार नै परिणाम घोषणा गर्न र दोश्रो चरणको मतदान नै नगर्ने अवस्था सृजना गर्न आह्वान गरे । यस अघि संसदीय दलको नेता बन्ने दाउमा रहेका भनिएका सिटौलाले त्यसको गन्ध समेत नआउने गरी आफूलाई राजनेताको हैसियतमा उँभ्याउन खोजेको उनको कदम कतिपयको बुझाइमा चाँहि पदकै दाउ हो । पहिलो विज्ञप्ति निकालेर सर्वसम्मतीको आह्वान गरेको करिव २ घण्टापछि सिटौलाले आफूलाई मतदिने महाधिवेशन प्रतिनिधीलाई मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेपनि कसैको समर्थन गर्न भनेनन् । तर उनले गोप्यरुपमा आफ्नो पक्षका प्रतिनिधीहरुलाई देउवालाई भोट दिन सर्कुलर गरिसकेको प्रतिनिधीहरुले खुलासा गरिसकेका छन् । जुन भोट देउवाको विजयका लागि प्रमुख आधार बन्यो । मध्यरातमा देउवा विजय हुँदा अर्का प्रतिस्पर्धी रामचन्द्र पौडेलले सभापतिको दौडमा मात्र होइन राजनीतिक करिअरमा पनि ठूलो हार ब्यहोरे तर उनीसँगै लडेर तेश्रो स्थानमा पुगेका सिटौला भने हार्दा हार्दै जित्ने वाजिगर बने ।

Krishna Sitaula 1st press release
सिटौलाले जारी गरेको पहिलो विज्ञप्ति
सिटौलाको विज्ञप्तिका निहितार्थबारे विभिन्न कोणबाट चर्चा भैरहँदा उनले आफूलाई कांग्रेसमा यस पटकको सभापति उम्मेदवार मात्र र अर्को पटकको प्रमुख दावेदारकोरुपमा समेत स्थापित गर्न खोजेको बुझ्न कठिन छैन । संस्थापनकै अर्को खेमाकोरुपमा प्यानल घोषणा गरेपनि सिटौलाले संस्थापनको मुख्यधार मानिएका रामचन्द्रलाई खुला समर्थन गरेनन् । आफूलाई सहयोग गर्न आग्रह गर्दै पुगेका रामचन्द्र पौडेल र बरिष्ठ नेता देउवालाई सिटौलाले कुटनीतिक जवाफ दिएर समुहिक निर्णयपछि मात्र जवाफ दिने बताएर फर्काएको केही घण्टामै अपरान्ह २ घण्टाको फरकमा २ विज्ञप्तिबाट आफ्नो राजनीतिक छवि देखाए । सभापतिमा ३ नम्बरमा पुगेका सिटौलाले राजनीतिक परिपक्वतामा भने १ नम्बर सावित गरे । आफू पार्टिभित्रको वास्तविक किङ मेकर हो भन्ने सन्देश दिन चाहेका सिटौलाले आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने आधार पनि यसैलाई बनाउन सफल भएका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z