एउटै सलको पासोमा झुन्डिए जोडी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
कतारबाट पति फर्केपछि पत्नीले ज्यान फालिन्
स्याङ्जाः मंगलवार बिहानै घाँस काट्नका लागि हिडेका मनबहादुर थापाले एक जोडी रुखमा झुण्डिएको अवस्थामा मृत देखे । उनी झस्किए अनि हारगुहार गरे । प्रहरीलाई खर भयो । थापाले देखेका ती जोडी आफ्नै गाउँले थिए । आफनै छोरी÷बुहारी अनि छोरा नाता पर्ने ।
राङभाङ गाविसका २४ वर्षे हिरासिंह थापा र २२ वर्षे बविता थापाले पाखुरीको रुखको एउटै हाँगामा एउटै सल च्यातेर दुईवटा बनाई पासो बनाएर ज्यान फालेको प्रहरीले जनाएको छ ।
घर नजिककै रहेको पाखो, खोल्सा र एकान्त स्थानमा उनीहरु २÷३ दिन अघि झुण्डिएको अनुमान गरिएको छ । उनीहरुको शव आजमात्र घाँस काट्न जाने ब्यक्तिले देखेको प्रहरी निरीक्षक रनबहादुर चन्दले जानकारी दिए ।
मृतक दुबैजना राङभाङ गाविसबासी हुन । बबिताको माइत र घर दुबै राङभाङ गाविसमा हो । बबिताका पति रोजगारका लागि कतारमा थिए । करिब ५ महिनाअघि कतार पुगेका उनी पत्नीले आफुूसहित ७ वर्षे छोरो छाडेर पराई व्यक्ति अंगालेको थाहा पाएपछि उनी सातादिन अघि मात्र घर फर्किएका हुन् ।
फागुन ३ गते (१५) दिनअघि घर छाडेर हिँडेका ती जोडी १० दिनपछि हिरा सिंहको घरमा आए । विदेशबाट फर्केका पतीले आफूलाई छाडेर हिँड्ने पत्नीको बास्तविकता बुझ्न छरछिमेकी र आफन्तजनलाई भाेिलपल्ट घरमा बोलाइ उनीहरुको सल्लाह बमोजिम निणर्य लिने बताएका थिए ।
तर, सो कुरा पुरा नहुँदै सोही दिनमा दुबैजना सम्पर्कबिहीन बनेको बताइएको छ । सम्पर्कबिहीन भएको चौथो दिन बिहान उनीहरु पाखुरीको रुखमा झुण्डिएको अवस्थामा देखिए ।
त्यसो त, हिरासिंह थापा पनि विवाहित हुन् । उनका पनि घरमै पत्नी र एक छोरी छन् । मृतकबारेमा थप अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।
दुवै शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल स्याङजामा ल्याइएको प्रहरी निरीक्षक रनबहादुर चन्दले बताए ।

###
0 comments
Write Down Your Responses